पाण्डव सुनुवार (Pandab Sunuwar)- Biography

Written by Artist Sansar

पाण्डव सुनुवार। लाखौँ नेपालीको मनमा बस्न सफल कला र आवाजका धनी।

एक सफल लोक गायक र एक सफल रेडियो प्रस्तोता पाण्डव सुनुवारको जन्म बिक्रम सम्बत्: २००९ साल पौष ९ गते ओखलढुंगाको रगनी गाबिसमा भएको हो ।
उहाँको प्रारम्भिक क्षिक्षा ओखलढुंगाको रगनीनै भएको थियो । उहाँको छोरा र छोरि बाबुको पदचाप पछ्याउदै संगीतमा लागेका थिए।

२०३० सालतिर सपनाभरि हाँसिरहन्छु…बोलको गीत गाएर गायन क्षेत्रमा प्रवेश गर्नुभएका पाण्डव सुनुवारको “ऐंसेलुको पात…, सक्यो नानी सक्यो नानी…, शहरै जाउँला नि धन कमाइ ल्याउला… भिज्यो तिम्रो रातो पछ्यौरी …..” जस्ता उनका दर्जनौ गीतहरू आज पनि जनजिब्रोमा झुण्डिएका छन्।

एक समय सुनुवार र वासुदेव मुनालको जोडी नेपाली गायन क्षेत्रमा खुबै छाएको थियो। दुवैको संयुक्त स्वरमा पाँच दर्जन जति गीत रेकर्ड भएका छन्।

रेडियो नेपालका फोन इन, चौतारी, झरना र झङ्कार, सुनगाभा, इन्द्रेणी जस्ता कार्यक्रम मार्फत् रेडियो–श्रोतामाझ अत्यन्त प्रिय बनेका सुनुवारको आवाजमा एक खालको जादु नै थियो। कुनै बेला रेडियो नेपालको सर्वाधिक लोकप्रिय कार्यक्रम फोन इनको सुरुआत उनैले गरेका थिए। अहिले त्यस्तै खाले कार्यक्रम हरेक टिभिमा नि देख्न पाईन्छ।

कलेजोसम्बन्धी रोग सिरोशिषबाट पीडित सुनुवार ओखलढुंगाको पोकलीमा जन्मनुभएका अर्का चर्चित लोकगायक नबिन ढुंगेलसंग टिपिकल पुर्बेली लोकभाकाको एल्बमको तयारी गर्दैगर्दा बिक्रम सम्बत् २०६२ मै रोगले च्यापेपछि उपचारको क्रममा रहनु भएको थियो। उहाँको उपचारकै क्रममा २०६३ साल असोज २१ गते लण्डनस्थित किङ्गस कलेज हस्पिटलमा निधन भएको थियो ।

स्व. पाण्डव सुनुवारका चर्चित लोकगीतहरू:

-भिज्यो तिम्रो रातो पछ्यौरी नि लै लै…,
-बाबरी फूलको बोट…,
-बाईरोडको बाटोमा ट्याक्सी गुडाउँदै…,
-यो दाजुको मिर्मिरे आँखा…,
-साउने खोला उर्लेर आउँदा…,
-म रक्त हुँ यो देशको …
-ऐंसेलुको पात…,
-सक्यो नानी सक्यो नानी…,
-शहरै जाउँला नि धन कमाइ ल्याउला…

About the author

Artist Sansar