कलाकारिताको मोहले नेपाल फर्किएका पुकार (फोटो फिचर)

Written by Artist Sansar

नेपाली कला क्षेत्र तथा नेपाली कलाकारिताको मोहमा डुबेको व्यक्ति जहाँ पुगे पनि छोड्दैन,यसको उदाहरण हुन् – लामो समय देखि अस्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतम। चितवनमा जन्मिएका गौतमले १० बर्ष अघि बिज्ञापनबाट कला क्षेत्रमा प्रवेश गरेका हुन्। उनले थुप्रै बिज्ञापन तथा तिन वटा चलचित्रमा काम गरि सकेका छन्।

पुकार अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ। मनोज अधिकारीले निर्देशन गरेको चलचित्र ‘पर्पला’ को सम्पूर्ण छायाँकन अस्ट्रेलियामा सम्पन्न भएको हो। अस्ट्रेलियामा नै बसोबास गर्दै आएका पुकार गौतमले यस अघि चलचित्र ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’मा काम गरेका थिए।

हरर जनराको चलचित्र ‘पर्पला बाट गौतम निकै नै आशावादी छन्। कुराकानीको क्रममा आफुले मेहनत गरे अनुसार चलचित्र राम्रो बनेको गौतमले बताए।

‘पर्पला’को प्रदर्शन पश्चात आफ्नो अभिनय क्षमतालाई मुल्यांकन गरेर अरु निर्माताहरुले आफुलाई अफर गरेमा समय मिलायर नेपाल आएर पनि काम गर्न सकिने उनले बताए। निरन्तर नेपाली चलचित्रमा काम गर्ने योजना बनाईरहेका उनले अस्ट्रेलिया रहेर पनि नेपाली कला क्षेत्रको मोहलाइ बिर्सन नसकेको बताउछन्। रोमान्टिक जनरामा नै आफुलाई फिट लाग्ने उनि बताउछन्।

फोटो-प्रकाश भुषाल

About the author

Artist Sansar