आसामकी छोरी हुँ म नेपाली गीतका गायिका अञ्जुदेवी [anjudevi]

Written by Artist Sansar

सन् १९७० देखि रेडियोमा गाउन थालेकी अञ्जुदेवी डा. भूपेन हजारिकासँगको सह-गायनका लागि प्रसिद्ध छिन् । डा.भूपेनको चर्चित गीत आखम वेगर बागिसारे सुवाली…का आधारमा हरिभक्त कटुवालले लेखेको नेपाली संस्करण आसामकी छोरी हुँ म नेपाली…लाई अञ्जुदेवीले आसामका नेपालीहरूबीच चर्चित बनाएकी छिन् । उनको गायन प्रतिभाको कदरस्वरूप आसाम राज्य सरकारले उनलाई आवास सुविधासमेत उपलब्ध गराएको छ ।

सन् ०७६ मा हरिभक्त कटुवालको टोलीमा नेपाल आएको वेला उनले केही गीत रेकर्डिङ गरेकी थिइन् । तिनैमध्ये नारायणगोपालको संगीतमा मैले छोइदिँदा फूल ओइली र्झछ… र अम्बर गुरुङको संगीतमा त्यो दिन ढलेर के भो… उनले यसपालिको पलँेटीमा गाउनेछिन् । त्यसका साथै भूपेन हजारिकाको केही अन्य अखमिया गीतका साथ उनले त्यहाँको संगीतको सुगन्ध पनि फिँजाउनेछिन् ।

लखनऊ विश्वविद्यालयबाट शास्त्रीय संगीतमा स्नातक अञ्जुदेवीको जन्म आसाममा भएको भए पनि नेपाली गीत-संगीतसँग उनको प्रगाढ सम्बन्ध छ ।

About the author

Artist Sansar