कर्णका कर्णप्रिय कुरा ….गीतकार तथा कबि नबराज लम्साल

नबराज लम्साल, एक सफल रेडियो उद्घोषक, गीतकार तथा कबि हुन् । लम्साल को ‘कर्ण’ महाकाव्य पाठक माझ आएको छ र चर्चा को बिषय मा रहेको छ ।
जनआन्दोलन २०६२ / ६२६३ मा रेडियो नेपाल बाट निलम्बनमा परेका बेला कर्ण महाकाव्य लाई द्रुत गतिमा परिस्कृत गर्न भ्याएका लम्साल ले यो एउटै पुस्तकको लागि ८ वर्ष सम्म खर्चेका छन् ।
‘पाइला पिच्छै सगरमाथा’ २०६१, ‘आगो छोपेर’ २०६२ ‘धुन भित्र धुन बाहिर गित संग्रह’ २०६२ कर्ण लेख्दा-लेख्दै कर्णलाई थाती राखेर लेखिएका पुस्तक लम्सालका यस अघि प्रकाशित भएका कृतिहरु हुन् ।
युनाइटेड पब्लिकेशन ले बजारमा ल्याएको कृति ‘कर्ण’ का कर्णप्रिय कुराहरुका बारे, आर्टिस्टनेपाल ले गरेको कुराकानीको मुख्य अंश : –

# कर्ण को बिषय-बस्तु कसरि चयन गर्नु भयो ?

कर्ण महाभारतको एउटा पात्र, महाभारत मा हेपिएको , ठगिएको वा उचित न्याय नपाएको एउटा पात्र हो । ऊ नायक हो त्यहाँको तर उसको नायकतत्वलाई निषेद गरिएको थियो । इतिहास को आजको उत्तर-आधुनिक लेखनमा के भनिन्छ भने जहा गल्ती भएको छ ,त्यहिँ सच्याउनु पर्छ ।

मैले महाभारत को पाना पल्टाएर त्यसमा मेट्न त सक्दिनथे, त्यसैले मैले एउटा अर्को महाकाव्य लेखे । त्यसमा कर्ण लाई नायक को रुपमा सिद्द गरे र त्यसबाट मैले कर्णको नायकत्व लाई पुस्टि गर्ने कोशिस गरेको छु ।

# महाभारतबाट बाट कर्णमा लिएका कुरा हरु के के हुन् ?

नायक कर्ण , त्यस कारण कर्ण कै नामबाट महाकाव्य-कर्ण रहन गएको हो । महाभारतबाट मैले ४ कुरा लिएको छु । कर्ण जन्मिने बित्तिकै खोलामा फ्याकियो । अनि बाँच्ने अधिकारबाट बन्चित भयो, ऊ दोह्र्चार्यकोमा पढ्न गयो, र दोह्र्चार्यले राजा र प्रजाको छोरा एउटैमा पढ्नु हुँदैन भनेर पढाउन इन्कार गरे । परशुराम कहा गाएर हतियार युद्द सिके । र अर्जुनलाई सर्बश्रेस्थ धनुधर घोषणा गर्दा उनले आफ्नो सहभागिता जनाउनै पाएनन् , र अन्तमा उनलाई छल गरेर मारियो ।

यो आज पनि ठ्याकै त्यस्तै छ ,उनलाई खोलामा बगाइयो तर आजपनि कत्ति बालबालिका खान नपाएर र कुपोषणले मरेकै छन्., उनलाई दोर्नाचार्य ले पढाउन मानेनन् तर आज पनि पैसा हुनेहरु ठुला स्कुल ,कलेजमा पढाउछन् । नहुनेहरु सामान्य सामुदायिक विध्यालयमा पढाऊछन् , आजपनि त्यो विभेद छ । अर्जुनलाई सर्बश्रेष्ठ धनुधर घोषणागर्दा कर्णले भागलिन पाएनन्, आजपनि राजनैतिक पौच हुने मान्छे , भएको मान्छे, जे बन्न खोज्दा पनि पाउँछ । तर राजनैतिक पौच नहुने हरु भने झोला बोकेर सडक मा हिड्नु बाहेक अन्य उपाय हुन्न ।

# एउटा महाकाव्य लेख्न ८ / ८ वर्ष खर्चनु को कारण के हो ?

परशुराम संग उनले हतियार युद्द सिके, मावोबादिले १२ बर्ष सशस्त्र युद्द गरे, जंगलमा बसेर हतियार चलाए , उनलाई अन्तिममा छल गरेर मारियो । आज पनि एउटा प्रतिभाबान् मान्छेलाई, उसको प्रतिभालाई अनेक बहानामा सिध्याउने कोशिस हुन्छ । त्यसकारण आजको युग संग त्यो प्रशंग ठ्याकै मिल्छ । त्यसैले मैले कर्ण छानेको ।

कर्णमा गद्ध पनि छ, पदध पनि छ । शिखरिणी शालिनी, मालिनी इत्यादि, गरेर ओटा छन्द . एउटा गजल र केहि गीति लय हरु र गद्ध कविता को समिश्रण छ र २८५ पृष्ठको पुस्तक ८ वर्ष लगाएर तयार पारेको हो ।मैले कर्ण को बिषय मा महाकाव्य लेख्छु भनेर ,सोच बनाएर ,कर्ण माथि अध्ययन गर्न थाले, कर्ण को बिषयमा पनि आजको बिसयमा दाँजेर र सम्पूर्ण तयारीमा पुग्दा सम्म ८ वर्ष लागेको छ ।

# तपाइले कुन समयचाहिँ कर्ण बढी लेख्नु भयो ?

बढी लेखेको समय २०६२/६३ को आन्दोलनमा को बेलामा लेखे,। त्यो बेलामा म रेडियोमा निलम्बन मा परेको थिए । रेडियोमा मलाई गणतन्त्र बादी भएको आरोप थियो , मैले त्यो समयलाई बढी सदुपयोग गरे ।

अरुबेला कर्ण पात्र लाई खेलाई रहन्थे , प्राय: राति लेख्थे म , १०/११ बजे खान खायो सुत्यो , एकछिन निदायो, १ बजे ब्युजिंन्थे.. …सिरानी नजिकै पानी हुन्थ्यो, पानी खायो, एकछिन झ्यालको चिसो हावामा बस्यो.. , अनि ३/४ घण्टा बस्यो, कर्णको साधना गर्यो । आज मेरो कर्ण यहा पुग्यो मेरो स्मृति मा टक्क हुन्थ्यो, अर्को बेलका फेरि मलाई थाहा हुन्थ्यो मेरो कर्ण लाई मैले यहाँ बाट थालनी गर्नु छ ।

# अहिलेको समय मा पनि किन महाभारत कै पात्र किन रोज्नु भयो ?

मलाई राजनैतिक भाषा बोल्यो भन्ने आरोप नलागोस , ०५२ साल मा आन्दोलन सुरु गर्दा जन गणतन्त्र को लागि भनेको थियो । आज चुनाब जितेर आएको मावोबादी माथि एउटा कबि को रुपमा एउटा धावा बोल्नु छैन । तर ०५२ साल मा सशस्त्र युद्द सुरु गर्दा जन गणतन्त्र को स्थापना को लागि लडिरहेका छौ र हाम्रो सर्बोहरा को अधिनायकत्व हुनेछ भन्थ्यो , जुन वास्तविक मार्क्सबाद, लेलिनबाद भित्र को सिद्दान्त हैन ।

महाभारत को लडाई पनि दुर्योधन लाई राजा बनाउने कि युधिस्थिर लाई राजा बनाउने भन्ने बिषयमा भएको थियो । त्यो युद्द समाज परिबर्तन को लागि थिएन । र त्यसमा जनता को प्रतिनिधित्व कर्ण ले गरेका थिए, कर्ण एक्लै थिए ।

राजा ज्ञानेन्द्र ले सुरु गरेको एकाधिकार, निरकुंशता निरन्तरता भएको भए पनि जनता का मौलिक अधिकार हरु कुण्ठित हुन्थे । यो हाम्रो पछिल्लो २० वर्ष को नेपालको तस्बिर हो ।

आज पनि यहाँ त्यहिँ त्रिकोणात्मक शक्ति संघर्षमा रह्यो । र तेश्रो पक्ष जनता बाँकि रह्यो । मावोबादी को अतिबाद र प्रतिबाद को बीच मा सातदल र सात दलीय चेतना जुन थियो । त्यहिँ सात दल र सात दलीय चेतना ‘कर्ण ‘हो ।

७५ लाख जनता ले काठमान्दु घेरे । त्यो ७५ लाख मान्छे को चेतनासंग कर्ण को चेतनालाई मैले मिसाउन खोजे । जनता को बिजय, जनता को प्रस्तुति बनाउन खोजे त्यस अर्थमा मैले महाभारत को कर्ण छानेको हो मावोबादी को अतिबाद र प्रतिबाद को बीच मा सातदल र सात दलीय चेतना जुन थियो ।

त्यहिँ सात दल र सात दलीय चेतना ‘कर्ण ‘हो ७५ लाख जनता ले काठमान्दु घेरे, त्यो ७५ लाख मान्छे को चेतनासंग कर्ण को चेतनालाई मैले मिसाउन खोजे । जनता को बिजय, जनता को प्रस्तुति बनाउन खोजे त्यस अर्थमा मैले महाभारत को कर्ण छानेको हो ।

# पाठक प्रतिक्रिया ??

अबश्य नै राम्रो, मैले कल्पना गरे भन्दा राम्रो, कतिपय मान्छेहरुले के भनेका छन् भने ,बिस्वविध्यालय मा महाकाव्य पढाउने सरहरुले महाकाव्य भनेर जनतामा भिजेको पहिलो महाकाव्य रामायण थियो । धार्मिक रुपमा मान्छेको मनमा भिजेको थियो, मान्छे गाएर हिड्थे, फुल-पाती चन्दन लिएर पुञ्ज गर्दथे । र महाकाव्य एउटा धार्मिक ग्रन्थको रुपमा सिमित थियो ।

# सार्है राम्रो कभर भएको पनि चर्चा छ नि ?

त्यस पछि देवकोटाले आफ्हुनिक महाकाव्य लेखे, समाजसंग ल्याएर जोडेर शाकुन्तल जस्तो महाकाव्य लेखे । र धेरै बर्षको अन्तरल पछि मैले ६२/६३ को आन्दोलन पछि, मुलुकमा गणत्रना को स्थापना भइसकेपछि ,त्यो गणतन्त्र नेपाल को राजनैतिक स्प्रिड लाई बोक्ने खालको र त्यहिँ राजनैतिक चेतनाले भरिएको महाकाव्य लेखिएको हुनाले महाकाव्य यात्रा को तेश्रो टर्निंग पैन्ट हो भनेर मान्छेहरुले भने । यो हद सम्मको प्रतिक्रिया मेरो कल्पना भन्दाको बाहिरको कुरा हो ।

राजन काफ्ले, एकदमै राम्रा आर्टिस्ट , उहा संग बसेर बनाइएको हो । यसको श्रेय डा. गोबिन्दराज भट्टराई लाई पनि जान्छ । भटराई सर को भूमिका हेरेर नै उहाले ‘कर्ण’ को कभर डिजाइन गर्नु भएको हो ।

# यो भन्दा अगाढी पनि तपाईका पुस्तक हरु प्रकाशित भएका छन् , कर्ण प्रति कति आशाबाधी हुनुहुन्छ ?

पाइला पिच्छै सगरमाथा २०६१,आगो छोपेर २०६२ धुन भित्र धुन बाहिर गित संग्रह २०६२ कर्ण लेख्दा लेख्दै कर्णलाई थाती राखेर लेखिएका पुस्तक , २०६२/६३ को आन्दोलनमा मा निलम्बनमा थिए, तनाब मा थिए ।

सिंहदरबार मा छिर्दा मोजा समेत छामेर पुलिश ले भित्र पठाउथ्यो । कुन दिन मारिन्छु थाहा थिएन । गणतन्त्र बादी भएको आरोप थियो । त्यो बेला राजनैतिक बिद्रोह थियो म संग । त्यो बिद्रोह लाई मैले ‘आगो छोपेर’कविता संग्रह को रुपमा निकाले । त्यो कृतिका हरफ हरु आन्दोलनमा गित बनाएर गाईएको पनि थियो ।

कर्णलाई मैले लामो समय सम्म अध्ययन गरेको छु, कर्ण मेरो सपनाको दस्ताबेज हो । र म पूर्ण रुपमा आशाबादी छु ।

Categories:

,

Comments are closed.