न्युयोर्कमा नेप्सायडज, ग्लोमी गाईज र संजोक योञ्जनको सांगीतिक कार्यक्रमको आयोजना हुँदै

Written by Artist Sansar

आर्टिस्ट नेपाल , न्युयोर्क।

नेपालको एक प्रमुख हिप-हप/र्याप ब्यान्ड Nepsydaz (ड नेप्स्यदज) र नेपालको सबैभन्दा पुरानो ब्यान्ड Gloomy Guys ‘ग्लुमी गाईज’ र संजोक योञ्जनको को सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ।

रेबेल ईभेण्टले केटीएम बार (KTM BAR & LOUNGE)मा आयोजना गर्न लागेको यस सांगीतिक कार्यक्रममा Nepsydaz ले आफ्नो चर्चित गितहरु तिमी मेरो, छुदैन , “माया ओ माया”: नेप्सीडाजको एल्बम “मेड इन नेपाल” को अर्को रत्न लगायतका चर्चित गित प्रस्तुत गर्नेछन।

स्लो रक र लोकपप जस्ता विभिन्न विधाका हिट गीतहरू प्रस्तुत गरिसकेको ब्याण्ड ‘ग्लुमी गाईज (Gloomy Guys) का हरि कर्माचार्यले आफ्नै रचना संगीत र स्वरमा रहेको ‘आकाशैमा चिल उड्यो फनन’, पिरतीको तालमा , मायाको डोरीले, ‘हेर्न देऊ तिम्रो मुहार’, त्यस्तै ‘टाटा गाडीमा’, ‘दार्जिलिङको रेल’, ‘हल्ला मच्चियो’, ‘ज्यानमारा जोवन’, ‘टाटा वाइवाई’, ‘आउने भए आउ माया’, ‘ओठको मुस्कान’ लगायत थुप्रै लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन।

त्यस्तै एक प्रतिभाशाली गायक संजोक योञ्जनले पनि यस कार्यक्रममा आफ्नो चर्चित गितहरु प्रस्तुत गर्दैछन। उनले ‘माया मा नेल’, तेमाल पारी मदन गाउँ , ताम्सालिङ्ग लगायतका लोक तथा सेलो फ्युजनका गीतहरु प्रस्तुत गर्दैछन।

सिन्धु युएसए वेलफेयर एजुकेसन फण्ड तथा क्यान्सर पिडितको उपचार्थ सहयोग गर्ने उदेश्यले आयोजित यस सांगीतिक कार्यक्रममा प्रत्यक्ष हेरेर सांगीतिक आनन्द लिन चाहनुहुनेले आर्टिस्ट नेपाल ईभेण्ट को अनलाईन टिकट लिएर कार्यक्रममा सहभागी जनाउन सक्नेछन। यसको लागि टिकट बुकिङ्ग गर्न आर्टिस्ट नेपालले अनलाईन टिकट खुल्ला गरिसकेको छ।

  • टिकट खरिद गर्न यो लिंकमा जानुहोस !

Nepsydaz & Gloomy Guys LIVE IN NEWYORK

  • टिकट कसरि खरिद गर्ने ? जानकारी लिन यो लिंकमा जानुहोस।

ArtistNepal Events बाट अनलाइन टिकट (Online Tickets) यसरी खरिद गर्न सकिन्छ।

About the author

Artist Sansar