नेपालमा हिपप रयाप

Written by Artist Sansar

अनेकतामा एक भने झैँ आधुनिक, पप र रक बाहेक छुटटै शैलीको आभाष दिने अर्को विद्या हो हिपप रयाप

दिपेन भेटवाल

आर्टिस्ट नेपाल । आखिर गीत संगीत सुन्ने रहर कसलाइ पो हुँदैन र ! त्यसमा पनि अनेकतामा एक भने झैँ आधुनिक, पप र रक बाहेक छुटटै शैलीको आभाष दिने अर्को विद्या हो हिपप रयाप । झटट सुन्दा अलिक पृथक लाग्ने सामान्य गीत भन्दा फरक शैलीको रयाप गीत विशेष गरी युवा पुस्ता माझ अझ धेरै लोकप्रिय भएको पाइन्छ ।

संगीतको न त कुनै भाषा हुन्छ न कुनै परिधि । तसर्थ जोकोहीलाई मन्त्रमुघध पार्ने क्षमता संगीतको हुन्छ जसले जस्तोसुकै कठोर मुटुलाइ पगालीदिन्छ र असामान्य पीडालाइ समेत सान्तवना दिने प्रयास यसले गरेको हुन्छ । यस्तैमा एउटा फरक जानर हो हिपप रयाप जसले पछिल्लो समयमा नेपालमा पनि छुटटै छाप छोड्न सफल भएको छ ।

हिपप रयाप गीत संगीतको इतिहासलाइ केलाउने हो भने यसको उत्पत्ति अफ्रिकन समुदायबाट भएको पाइन्छ । शताब्दिीयौँ अघि काला समुदायका अफ्रीकनहरुले आफुहरु चरम दास्तवबाट मुक्त हुन रयाप गीत संगीतलाइ क्रान्तीकारी आवाजको रुपमा प्रयोग गरेका थिए । त्यसरी नै क्रमिक रुपमा केही समयपछि अमेरिकामा अझ धेरै प्रख्यात भयो हिपप रयाप ।

नेपालमा हिपप रयाप सुरु भएको भने त्यति लामो समय भएको छैन तसर्थ यसको इतिहास छोटो नै छ भन्दा अत्युक्ति नहोला । जब सन् १९९० ताका इमिनेम, नेली र आउटकास्टले हिपप म्युजिकमा विश्व बजार पिटिरहेका थिए त्यसबेला नेपालमा जनआन्दोलनको माहोल चर्किएको थियो । नेपाली युवाहरुमाझ त्यसताका अङग्रेजी गीतको प्रभाव केही मात्रामा परिसकेको थियो । त्यसैले पनि रक र पप गीत बिस्तारै हरेक युवाहरुको कानमा गुन्जिन सुरु भयो । र यी गितको निरन्तरतासँगै नेपालमा जन्म भयो हिपप रयाप ंगीतको…

सन् २००० मा रयापज युनियन समी सम्राट र निरनय श्रेष्ठले अङग्रेजी भर्जनमा पहिलो रयाप गीत समावेश गरिएको एल्बम सार्वजनिक गरे । जसलाइ नेपाली हिपप इतिहासको केसेढुङगाको रुपमा लिन सकिन्छ । त्यसपछि सन २००३ मा नोर्बु शेर्पाले अमेरिकामा रेर्कड गराएको काठमाण्डौ सीटी नामक एल्बम सार्वजनिक भएको थियो । जुन एल्बमलाइ बिसुद्ध नेपाली भर्जनको पहिलो नेपाली हिपप एल्बमको रुपमा लिइन्छ । त्यसलाइ निरन्तरता दिँदै गीरीश खतिवडा र प्रनिल तिमल्सीनाले नेपाली श्रोतामाझ हिपपको माहोल तताउँदा र निर्णय श्रेष्ठ सुदिन पोखरेल देखि लिएर अविनाश घिसिङ सम्म आइपुग्दा उनीहरुले हिपप क्षेत्रलाई अझ फराकीलो बनाउनमा अतुलनीय योगदान पुरयाउँदै आएको त सर्वविदितै छ ।

यद्यपी कतिपयले हिपप रयाप गीतलाइ विकृतिको रुपमा पनि नलिएका भने होइनन् । पश्चिीमेली शैलीको अनुसरण गरेको अभियोगबाट पनि बञ्चित हुन सकेन हिपप रयाप । आखिर जे भएपनि संगीत एउटा रुचि हो संगीतप्रेमीहरुको , पानी हो प्यास बुझाउनेहरको र मिठो भोजन हो भोकाएकाहरुको । सबै गीतका निश्चित वर्ग र स्रोता हुन्छन् । चाहे त्यो आधुनिक होस या लोक, पप होस या हिपप । त्यसैले पनि अरु विद्याका गीत सरह यसलाइ पनि सही मुल्याङकन गरी दिए पक्के नेपाली साँगितिक क्षेत्रमा यसको महत्व अझ बढ्ने प्रायको ठम्याई छ ।

About the author

Artist Sansar