कलिउडमा सेक्सको आकर्षण , पोस्टरले निम्तायो समस्या

Written by Artist Sansar

छिल्लो समयमा कलिउडमा हाबी हुँदै गएको विषय वस्तु हो सेक्स

आर्टिस्ट नेपाल । पछिल्लो समयमा कलिउडमा हाबी हुँदै गएको विषय वस्तु हो सेक्स । जसलाई निकै प्राथमिकतामा राख्ने गर्दछन् हाम्रा चलचित्रकर्मीहरु ! विषयवस्तु नै नपाएर हो या अन्य केही कारण सेक्सलाई आधार मानी चलचित्रको निर्माण हुने क्रमले निरन्तरता पाइनै रहेको छ । नायिकालाई नंग्याएर तथा अन्य अश्लिल एवम भद्या दृश्य समावेश गरेर दर्शकलाई आकर्षित गर्न लालायित देखिन्छन् नेपाली सिनेमाकर्मीहरु ! तर त्यसको असरबारे अलिकति पनि सजग देखिँदैनन् उनीहरु ! जसका कारण अक्सर समयस्याको घेरामा पर्न उनीहरु बाध्य भइरहेका हुन्छन् । यस्तै झमेलामा परेका छन् अहिले रक्षा फिल्मका निर्देशक राजु गिरी । तर उनी चलचित्रको दृश्य भन्दा पनि पोस्टरको झमेलामा फसेका हुन् । अत्यन्तै अश्लील दृश्य समाबेश भएको रक्षा चलचित्रको पोस्टर प्रती नायिंका पूजानाले आपत्ति जनाएकी छिन् ।

यसअघि गिरी निर्देशित अर्को सिनेमा विन्दासको पोष्टरले समेत नायिकसँग उनको सम्बन्ध चिसिएको थियो । चपली हाइटको पोष्टरमा समेत यस्तै विवाद आएको थियो ।

कतिसम्म भने रक्षाकी नायिका पुजना प्रधानले पोष्टर सार्वजनिक भएपछि उक्त फोटो आफनो नभएको भनेर बचाउ गर्नुपरेको छ ।

About the author

Artist Sansar