अभिनयको नाममा अश्लीलता बेच्नेहरू

Written by Artist Sansar

सिनेमालाई समाजको प्रतिबिम्व मान्निछ तर सिर्जनात्मक क्षमता नभएकाहरुले यो सिनेमाको बदनाम गराइरहेका हुन्छन्

आर्टिस्ट नेपाल । सिनेमालाई समाजको प्रतिबिम्व मान्निछ तर सिर्जनात्मक क्षमता नभएकाहरुले यो सिनेमाको बदनाम गराइरहेका हुन्छन् । अहिले नेपाली सिने जगतमा यस्तै सिर्जनाहिन ‘कथित’ चलचित्रकर्मीको बाहुल्यता बढिरहेको छ । यस्ता चलचित्रकर्मीले यौनलाई अनावश्यक नाममा प्राथमिकता दिएको कारण सिनेमाकै महत्व र अस्तित्वमाथि प्रश्न चिन्ह उठेको छ । चलचित्र सेन्सर बोर्डले यस्ता अश्लील दृश्यलाई निषेध गरे पनि जबर्जस्ती यस्ता दृश्य राख्ने क्रममा कमी आएको छैन । झन् बढ्दै गएको छ । यस अघि फिल्म ‘द लास्ट किस’बाट अश्लील दृश्यकै कारण विवादमा परेका निर्देशक बीबी फुयाल र निर्माता युवराज खत्रीले त्यो क्रमलाई दोस्रो सिनेमामा पनि निरन्तरता दिए ।

गत शुक्रबारबाट रिलिज भएको खत्रीको दोस्रो फिल्म ‘लभ यु म्यान’लाई सेन्सरले पटकपटक काटेर बल्ल पास गरेको हो । यो फिल्मको नग्नता झल्कने पोस्टर काठमाडौंका भित्तामा टाासिएको थियो । त्यो पोस्टरसमेत सेन्सर बोर्डले च्यात्न लगाएको छ । पहिलो फिल्म द लास्ट किस अस्लिल भएकै कारण चलेको ठहर गरेपछि निर्माता खत्रीले दोस्रो सिनेमा पनि अश्लील नै बनाएका हुन् । चलचित्र सेन्सर बोर्डले यस्तो सिनेमा अबका दिनमा नवनाउन पनि उनलाई चेतावनी दिएको छ । लभ यु म्यानमा पुरुष समलिंगीको यौन पाटो देखाइएको छ । तर यो सिनेमाले रिलिजको पहिलो दिन शुक्रबार आशातीत व्यापार गरेन ।

यस्तै पहिलो सिनेमा बिन्दासबाट यौन बेचेको आरोप लागेको अर्का निर्देशक राजु गिरीले पनि फिल्म रक्षामा सोही क्रमलाई निरन्तरता दिएका छन् । फिल्म बिन्दासको अश्लील भयो भन्दै करिब ५ ओटा दृश्य सेन्सर बोर्डले काटेको थियो । तैपनि निर्देशक गिरीको चेत खुलेन । उनले सो फिल्ममा अभिनेत्री सुष्मा कार्कीलाई नंग्याएका थिए । सोही क्रमलाई निरन्तरता दिादै यस पटक फिल्म रक्षामा अर्की नायिका पूजना प्रधानलाई नंग्याएका छन् । यस पटक उनले बेच्न लागेको अश्लील यौन दृश्यलाई दर्शकले कत्तिको पचाउाछन् । त्यो हेर्न बााकी छ ।

About the author

Artist Sansar