जियाको गन्तव्यहीन यात्रा

Written by Artist Sansar

जिया केसीको जीवनको एउटै उद्देश्य हो– चलचित्र खेल्नु।गन्तव्यहीन यिनको यात्रा कहाँसम्मको हो थाहा छैन।

जिया केसीको जीवनको एउटै उद्देश्य हो– चलचित्र खेल्नु। झापामा रहँदा जानकी भएकी यिनी काठमाडौं आएपछि जिया भइन्। आफ्नो वास्तविक नाममाथि नै विश्वास नगर्ने यिनले कहिल्यै बुझिनन् कि नाममा होइन काम र कर्ममा मानिसको अस्तित्व अडिएको हुन्छ। चलचित्र खेल्न पाइन्छ भने पर्दामा जस्तो दृश्य दिन पनि तयार हुने यिनकै कारण त्यस्ता अश्लील दृश्यले गर्दा चलचित्र एटीएम प्रतिबन्ध हुन पुग्यो। निर्माता डुबे अनि जानकी अर्थात् जिया पनि बहिस्कृत भइन्। जीवनभर दाग लाग्ने यस्तो चलचित्र खेलेका कारण आफू बद्नाम हुन पुगेकोमा कुनै आपत्ति, गुनासो अनि पश्चाताप छैन यिनलाई। यिनी अझै सामाजिक कार्यक्रमतिर अरूभन्दा सानका साथ उपस्थित हुन्छिन्।

गन्तव्यहीन यिनको यात्रा कहाँसम्मको हो थाहा छैन। नेपाली सिनेमा उद्योगको इतिहासमा नै पहिलोपटक प्रतिबन्धित हुन पुगेको चलचित्र एटीएमकी नायिका जिया केसीलाई फेरि लाखौँको लगानीमा बनेको चलचित्र ‘बर्बाद’मा नायिका बनाउने गलत साहस गरेका छन् निर्माता रमेश पाठक र जिके शर्माले। यो चलचित्रका निर्देशक उनै हुन जसले ‘नेपाली वीर’जस्तो मौलिक र नेपाली इतिहास समेटिएको चलचित्रको निर्देशन गरेका थिए। उनी हुन् रिम विश्वकर्मा।

‘एउटी केटीका कारण एउटा सुखी र सम्पन्न परिवार कसरी बर्बाद हुन्छ भन्ने कुरा हामीले देखाउन खोजेका छौँ,’ चलचित्रका निर्माता तथा नायक जिके शर्मा भन्छन्। तर, प्रतिबन्धित चलचित्रकी नायिकाकै कारण चलचित्र बर्बाद पनि पछि बर्बाद हुने अवस्थामा नपुगोस् हाम्रो कामना छ। जियाकै कारण एटीएम प्रतिबन्धित भएपछि अहिले यसका नायक तथा निर्माता दिनेश थापाको बीसौँ वर्षको कलाकारिता यात्रा बर्बाद भएको छ। भोलि चलचित्र बर्बादको हालत पनि यस्तो नहोला भन्न सकिन्न। निर्माताहरूलाई एउटा सुझाव छ कि सेन्सरमा जानुअगाडि नै आफूले पनि सेन्सर गर्ने कि?

हामीलाई जियाको अर्को समाचार पनि प्राप्त भएको छ। चलचित्र एटीएमकै अर्की पात्र सोनिया शर्मासँगको उनको सङ्गतमा यतिबेला फाटो आएको छ। एक समय गर्लफ्रेण्ड–ब्यायफ्रेण्डजस्ता यी दुईबीच अहिले बोलचाल बन्द छ भने एक–अर्काको नाम नै लिन चाहँदैनन् यिनीहरू। सोनियासँग नराम्रो भएपछि जिया अहिले ‘बर्बाद’ चलचित्रकी अर्की नवप्रवेशी नीरू महरासँग टाँसिन थालेकी छिन्। सिनेमा उद्योगमा ठूलै सपना बोकेर विराटनगरबाट काठमाडौं हानिएकी नीरूमा सम्भावना पनि सबैले रामै्र देखेका थिए, तर उनी पनि जियाको सङ्गतका कारण मिडियालाई झुक्याउने वा ढाँट्नेतिर लागेकी छिन्। भनिन्छ नि सङ्गत गुनको फल।

About the author

Artist Sansar