modeling workshop in nepal

चलचित्र ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक

basic photography workshop

भदौ ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

‘जाइरा’मा नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रमा उनलाई मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रमा अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको पनि मुख्य भूमिका छ ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको लेखन छ । ‘कटामरी फिल्मस्’को ब्यानरमा निर्माण भएको यो चलचित्र ‘नम्रता श्रेष्ठ प्रोडक्शन’ र ‘ट्रेन्डसेटर्स प्रालि’को ब्यानरमा प्रस्तुत भएको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

artistnepal-tv-ads