चलचित्र ‘छ माया छपक्कै’को अफिसियल पोस्टर सार्वजनिक

Written by Artist Sansar

काठमाण्डौ । यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु रोमान्टिक मुडमा फिचर्ड छन् ।

अभिनेत्री केकी अधिकारी र अभिनेता दीपकराज गिरीलाई विशेष स्थान दिइएको पोस्टरमा कलाकार द्वय जितु नेपाल र केदार घिमिरेलाई पनि अटाइएको छ । यो फिल्ममा राजनीतिक पृष्ठभूमीमा प्रेम बुनिएको छ ।

दीपक-दीपा समुहले पहिलो पटक बाहिरी ब्यानरमा सहकार्य गरेको यो फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोहित अधिकारीको निर्माण रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ ।

About the author

Artist Sansar