सलमान खानका अंगरक्षक औषधि ओभरडोजका कारण उत्पात मच्चाएपछि ( भिडियो सहित )

Written by ArtistNepal News

एजेन्सी । भारतको उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका अंगरक्षक रहिसकेका एक युवकले औषधिको ओभरडोजका कारण उत्पात मच्चाएका छन् । उनले गाडीहरुमा तोडफोड गर्नुका साथै पैदल यात्रुलाई समेत कुटपिट गरेका छन् ।

ती युवलाई नियन्त्रणमा लिन प्रहरीले जाल हालेर पक्राउ गरिएको छ । घटना मुरादाबादको मुगलपुरा क्षेत्रको हो । त्यहाँको पीरगैबमा रहने अनस कुरैशी घरबाट बाहिर निस्के र बाटोमा जसलाई भेटे उसलाई कुट्न थापछि पसलका मानिसहरु भागाम्भाग गरेका थिए । उनले मानिसलाई मात्रै कुटेनन् गाडीहरुमा समेत तोडफोड गरेका छन् । उनले एक प्रहरीको मोटरसाइकलमा समेत तोडफोड थिए ।

प्रहरीको टोलीले थप मद्दत मगाएर समेत उनलाई नियन्त्रणमा लिन नसकेपछि अन्त्यमा डोरी मगाएर जाल हालेर नियनत्रणमा लिएको थियो । प्रहरीले उनको हातखुट्टा बाँधेर अस्पताल लगेपछि अहिले उपचार चलिरहेको छ।

उनी कलाकार सलमान खान र उनका भाइ सुहेल खानका अंगरक्षक समेत रहेका थिए ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।