modeling workshop in nepal

चलचित्र ‘कबड्डी ३’को पहिलो हप्ता ७ करोड ३८ लाखको ग्रस कलेक्सन

basic photography workshop

काठमाडौं – लामो समयदेखि नेपाली चलचित्र बक्स अफिसमा खडेरी लागेको अवस्थामा असोज ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ३’ पहिलो हप्ता ७ करोड ३८ लाखको ग्रस कलेक्सन गरेको छ । चलचित्रले उत्साहजनक व्यापार गरेको छ ।

आज शुक्रबारदेखि दोस्रो हप्तामा प्रदर्शन भइरहेको यो चलचित्रले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको कमाइ गरेको हो । वितरण कम्पनी स्टेशन फाइभका अनुसार चलचित्रले ओपनिङको दिन मात्र १ करोड ४७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । मल्टीप्लेक्समा पाएको सर्वाधिक सोज र बलियो ‘वर्ड अफ माउथ’ का कारण ‘कबड्डी कबड्डी कबड्डी’ ले कमाईमा उछाल ल्याएको हो ।

मल्टीप्लेक्समा फिल्मले दोस्रो साता पनि उल्लेख्य सोज पाएको छ । सिंगल थिएटर पनि पर्याप्य छ । दोस्रो हप्ताको अन्त्यसम्ममा फिल्मले १० करोड छाप्ने अनुमान गरिएको छ । चलचित्रले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ ।

artistnepal-tv-ads