modeling workshop in nepal

चलचित्र ‘पाईला‘को शीर्ष गीत सार्वजनिक

basic photography workshop

चलचित्र ‘ पाईला ‘को शीर्ष गीत ‘पहिलो पाईला’ सार्वजनिक भएको छ । सन्तोष आचार्य र सुनील राज भण्डारीको शब्द रहेको यस गीतमा आवाज सन्तोष आचार्यको रहेको छ। गीतमा संगीत भने मिलन कडेलले भरेका छन् । चलचित्रलाई बिकाश प्रसाईले निर्देशन गरेका हुन्।

चलचित्रमा एउटा विद्यार्थीको मनोविज्ञानलाई देखाइएको छ। जहा आफ्नो पढाई संगै आफ्नो सपनालाई पुरा गर्न गर्नु परेको संघर्सलाई प्रस्तुत गरिएको छ । चलचित्रमा आधारबाबु खतिवडा , समिप निरौला , ओकेश पनेरु , क्रान्ति योन्जन , समिक्ष्य ओअनेरु , रवि आचार्य र बाल कलाकार क्रिज़ल प्रसाई आदिको अभिनय रहेको छ।

चलचित्रलाई बाबु फिल्म प्रोडक्सन र प्रसाई फिल्म्स ब्यानरले निर्माण गरेको हो । उक्त चलचित्रको सम्पादन बिबेक लामाले गरेका हुन् । यस चलचित्रलाई लिला राज खतिवडाले लेखेका हुन्।

artistnepal-tv-ads