अमेरिका पुगेका कलाकारलाई स्वागत

अमेरिका पुगेका नेपाली कलाकारहरुलाई अमेरिकन कलाकार संघले स्वागत गर्‍यो । बाँकी विवरण पढ्न यहाँ भित्र जानु होला ।

https://artistnepal.com/

https://artistnepal.com/

"

नेपाली अमेरिकन कलाकार संघले कार्यक्रमको शिलशिलामा अमेरिका पुगेका इमेज टेलीभिजनका कार्यक्रम संचालक तथा मोडल बिबेक सिंह ठकुरी,म्यासेन्जर ब्यान्डका प्रबन्धक तथा गायक राजेश हमाल,म्युजीक भिडियो मोडेल बिकि पुलामी र फ्लोरिडामा बस्दै आएका गायक राजीब श्रेष्ठलाई नेपाली अमेरिकन कलाकार संघले स्वागत गरेको छ ।
संस्थाका महसचिब अभय ढुङेलले संचालन गर्नु भएको उत्त कार्यक्रममा संथाका बरिस्ठ उपाध्यक्ष बिक्रान्त बस्नेतले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस्तै अमेरिकाको च्याप्टर संयोजक यम बरालबाट पनि स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । स्वागत कार्यक्रमलाई संस्थाका अध्यक्ष सुमन बुढाले समापन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा उपाध्यक्ष- तिलक श्रेष्ठ,पबिता परियार, मिरा गुरुंग , सचिब-राजेन्द्र राई, सह-सचिब- गीता बिर्लाकोट,मिडिया संयोजक,बिमल डांगी र भिडियो निर्देशक- प्रसन्न पौडेल लगाएत थुप्रै कलाकारको सहभागी भएको थियो ।