गायन संगै निर्देशनमा अनुप, नक्कली मोरीको साथमा अगाडि बड्दै

Written by Artist Sansar

अनुप आँफै गायक हुन । अहिले गायक आँफै डाईरेक्टर बन्ने डौडमा उनी पनि सामेल भएका छन । हेर्नुहोस् पुरा रिपोर्ट

नव-गायक अभिनाश राईको नयाँ गीत ‘ नक्कली मोरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक प्ले रहेको भिडियोमा कलाकारहरू बिनोद न्यौपाने, आस्मा गिरि, प्रथम खड्का र सबिना थापालाई देख्न सकिन्छ । भोजपुरमा जन्मिएका गायक अभिनाशले यस् गीतको शब्द , संगीत आँफैले भरेका छन ।
Nakkali Mori - hari neupane 3

ह्याट एनटर्टेनमेन्टको सहकार्यमा एसियन् म्युजिकले प्रमोसन जिम्मा लिएको यस् भिडियोलाई फोटोग्राफीमा आफ्नो छुट्टै छाप बसाल्न सफल रहेका फोटोग्राफर तथा भिडियोग्राफर हरि न्यौपानेको छयांकन रहेको छ भने सम्पादन टेकेन्द्र शाहले गरेका छन । भिडियोका निर्देशन अनुप चापागाईं हुन । निकै नै उत्कृष्ट म्युजिक भिडियो बनेको बताउने भोजपुरकै नब गायक तथा निर्देशक अनुप चापागाईंको यो दोश्रो निर्देशन् हो । निर्देशक अनुप चापागाइँ गायक पनि हुन । गायनका साथमा निर्देशनमा पनि अगाडि बढ्ने उनी सोचाईमा रहेका छन ।

Nakkali Mori - hari neupane 4

म्युजिक भिडियो

About the author

Artist Sansar