गायक सपन श्रेष्ठलाई मायाँले बोलाएपछी ..

Written by Artist Sansar

गायक सपन श्रेष्ठको ‘बोलायो बोलायो सानु पोख्रेली मायाले’ बोलको गीतले उच्च स्थान पाएको छ …[+]

आर्टिस्ट नेपाल

हिजो आज टेलिभिजन च्यानल र एफ.एम रेडियोमा गायक सपन श्रेष्ठको ‘बोलायो बोलायो सानु पोख्रेली मायाले’ बोलको गीतले उच्च स्थान पाएको छ । करीब ८ बर्ष अगाडि संगीतमा प्रबेश गरेका गायक सपनले २०६४ सालमा पहिलो एल्बम चाहना लिएर संगीतको चाहना मेट्न आएका थिए ।

उक्त समयमा उनले रिमिक्स गरेका गीत तिमी त्यसै लजायौ म उसै धकाए बोलको गीत निकै चर्चित थियो यसो त अहिले पनि सो गितको डिमान्ड उत्तिकै छ । पहिलो एल्बम चाहनामा समाबेश गरिएको गीत ‘ए गोरी’ हिट्स एफ.एम म्युजिक अवार्डमा न्यू आर्टिस्ट को बिधामा नोमिनेशनमा परेपछी गायक श्रेष्ठमा सांगीतिक प्यास बड्दै गयो र उनको यात्रा निरन्तर रुपमा अगाडि बढ्यो ।

श्रेष्ठले आफ्नो प्रतिभालाई अझ उचित रुपमा प्रस्तुत गर्ने मौका प्राप्त गरेका थिएनन त्यसैले केही पाउन केही सँघर्स गर्नै पर्छ भन्ने सोचाइेले दोस्रो एल्बम तिम्रो यादमा रिलिज गरेका थिए । जसमा तिम्रो यादमा, सालिको बोलिमा, मुसुमुसु हासिदेउ, हिमाल जस्तो शिर मेरो (देशभक्ती गीत) जुन गीत इमेज एफ.एम म्युजिक अवार्ड्मा राष्ट्रिय भावनाले ओतप्रोत गीतको विधामा नोमिनेशनमा परेको थियो ।

गायक सपन श्रेष्ठले एल्बम बाहेक केही नेपाली चलचित्रमा पनि आफ्नो आवाज दिएका छन । उनले चलचित्र चिहानमा प्ले ब्याक सिङगरको रुप काम गरिसकेका छन भने अब छिट्टै नै’साचो नाटक जिन्दगी’मा पनि काम गर्दैछन् ।

गायक श्रेष्ठले केही समय अघी तेस्रो एल्बम ‘भुन्टे दाई’ रिलिज गरेका छन् । जसमा बोलायो बोलायो, भुन्टे दाइे, मेरो देश नेपाल, भनेकै त थिए, एक्लो छु म आज, सबै भन्दा ठुलो घात, जब तिम्रो आँखामा गरी ७ वटा गीत समावेश गरेका छन । यि मध्यका ४ वटा गीतको म्युजिक भिडियो समेत निर्माण गरिसकेका छन् तर अहिले उनले प्रमोसनल गीतको रुपमा एल्बम को पहिलो गीत बोलायो बोलायो सानु पोख्रेली मायाले लाई प्रस्तुत गरेक छन । जुन भिडियोमा पछील्लो समय युवापुस्ताबीच निकै लोकप्रिय बनेको छ ।
-श्यामसुन्दर गिरी

भिडियो हेर्नुहोस् !

About the author

Artist Sansar