ब्युटिफुल नतसाको ब्युटिफुल फोटोसुट

Written by Artist Sansar

आर्टिस्टनेपालमा गरेको फोटोसुट अबश्मरणीय रहेको बताउदै नतसाले सफल मोडेलको रुपमा आफुलाई प्रस्तुत गराईछाड्ने बताईन्..[+]

नतशा गुरुङ सन २०१२ मा भारतको “मिस देहरादुन” ब्युटी प्याजेन्टको एक प्रतियोगीको रुपबाट मोडेलिङमा प्रबेश गरेकी हुन् । उक्त प्रतियोगितामा केही टाईटल पनि हात पारेकी नतशाले नेपालमा आर्टिस्ट नेपाल मार्फत मोडेलिङमा प्रबेश गरेकी हुन् ।

हाल उच्च अध्ययनको लागि देहरादुनमा नै रहेकी नतशा म्युजिक भिडियो, बिज्ञापन तथा फेसनशो मा आफुलाई स्थापित गराउन खोजिरहेकी रहेकी छिन् । यसको लागि उनी हरेक कुरामा आफुलाई अब्बल बनाईसकेकी छिन् । मेकअप गुरु संगिता लामा समुहको मेकअपमा आर्टिस्ट नेपाल डट कमका फोटोग्राफर कुबेर तामाङले उनको फोटोसुट गरेका हुन् ।ए एन फेसन स्टुडियोस मा गरिएको उनको फोटोसुटमा पोजिङ कोरियोग्राफी नब ढुङेलले गरेका थिए । त्यस्तै फोटोसुटको भिडियो सिल्फ ईन्टरटेन्मेन्टले गरेको थियो । आफुले ईन्डियामा गरेको सुटभन्दा पनि आर्टिस्ट नेपालमा गरेको फोटोसुट अबश्मरणीय रहेको बताउदै एक सफल मोडेलको रुपमा आफुलाई प्रस्तुत गराईछाड्ने उनले बताईन् ।

About the author

Artist Sansar