गायन र मोडेलिङमा परिचान खोज्दै सरिश्मा

ए एन फेसन स्टुडियोस मा गरिएको उनको फोटोसुटमा जस्तोसुकै ग्ल्यामर दिन पनि पछाडि नहट्ने उनले बताईन …[+]

आर्टिस्ट नेपाल

मोडलिङ र गायन दुबै विधामा सक्षम छिन् सरिश्मा राम्जाली थापा । २१ बर्ष अघी म्याग्दीको वाखेटमा जन्मिएकी सरिश्मा ३ बर्ष अघी मोडेलिङकै लागि काठमाण्डौ आएकी हुन् । त्यहीबेला लोक गायक बिलन थापाको फक्रेको फुल खोला पारी छ बोलको गीतबाट कलाक्षेत्रमा प्रबेश गरेकी उनले हालसम्म देडदर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । उनको यो सम्मको यात्रामा मोडेल, कोरियोग्राफर तथा भिडियो निर्देशक बिजय थापाको सहयोग अमुल्य रहेको बताईन् ।

दोहरीगीत ‘हरे हरे नारायण’बाट गायनमापनि प्रबेशगरेकी सरिश्मा राम्जली मगरलाई यो गीतबाट उनको आवाजको प्रसंशा हुन थाले पछी दुबै कलालाई सँगै लैजाने सुरमा छिन् । आर्टिस्टनेपाल डट कममा फोटोसुट गराउने क्रममा उनले भनिन “लक्ष त चलचित्रमा नै प्रबेश गर्ने हो, यसको लागी सबै बिधामा निपूर्ण भएको छु ।”

फोटोग्राफर कुबेर तामाङले उनको फोटोसुट गराएका हुन् । संगिता लामाकोको मेकअपमा ए एन फेसन स्टुडियोस मा गरिएको उनको फोटोसुटमा जस्तोसुकै ग्ल्यामर दिन पनि पछाडि नहट्ने उनले बताईन ।

About the author

Artist Sansar