भिडियो रिलिज | उर्मु २ मा “ढलक ढलक”

Written by Artist Sansar

गायक हवल लामाको एल्बम उर्मु – २ सङ्रहित “ढलक ढलक” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ…[+]

गायक हवल लामाको एल्बम उर्मु – २ सङ्रहित “ढलक ढलक” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यस् गीतको म्युजिक भिडियोलाई जापानमा छाँयांकन गरिएको हो । भिडियोलाई छायांकन तथा निर्देशन ओम गुरुङले गर्नुभएको हो । सुरेश टिटुङ , प्रियंका, सुरेश कुमार र केनको अभिनय रहेको छ भने भिडियो सम्पादन प्रबिन हिराचनले गरेका हुन् ।
बिशेष गरी लोक फ्लेबरको गीत गाउन रुचाउने हवलको पहिलो एल्बम “उर्मु” २०६९ सालमा बजारमा आएको थियो। २०६३ सालमा विक्रम थापाको शब्द तथा संगीतमा पहिलो पटक हृदयमा मलाई बोलको गीत रेकर्ड गराई संगीतमा प्रबेश गरेका गायक हवलको दोश्रो एल्बम “उर्मु-२” लाई जिनियस म्युजिकले मार्केटिङ गर्नेछ । उनको यस् एल्बममा सातवटा गीत सङ्ग्रहित रहने छन् ।

About the author

Artist Sansar