गीतकार जानुका ढकालको गीत एल्बम “गीत” सार्वजनिक

गीत एल्बम , गीतकार जानुक ढकालको एकल शब्दमा रहेको पहिलो गिती सङ्रहको रुपमा सार्वजनिक भएको छ….[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

“गीत” एल्बम गीतकार जानुक ढकालको एकल शब्दमा रहेको पहिलो गिती सङ्रहको रुपमा सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सङ्रहको बिमोचन गरिएको हो । यस् सङ्रहलाई संगीतकार शम्भुजित बास्कोटा,संगिताकार राजु सिंह , गीतकार उन्नती बोहरा, नायिका झरना थापा अस्ट्रेलियन समाजसेवी माईक होगेनले संयुक्त रुपमा बिमोचन गर्नुभएको हो ।
संगीतकार , तथा गायक बिनोद पछाईको एकल संगीत रहेको एल्बममा गायिजा संगिता प्रधान, मिलन अमात्य, दिपक लिम्बु, अन्जु पन्त, बिनोद पछाई, निशा देशार, कन्काईस्ट राइ, जुनउ रिजालको आवाज रहेको छ ।
कार्यक्रममा तिमी आउछौ बोलको भिडियो पनि सार्वजनिक गरिएको थियो । यस् भिडियोमा नायिका गरिमा पन्त , मोडेल पुष्प खड्का र बाल कलाकार गीत ढकालको अभिनय रहेको छ । भिडियोलाई अर्जुन अधिकारीले निर्देशन् गर्नुभएको हो ।