चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउदै

https://artistnepal.com/

https://artistnepal.com/

"

बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाली फिल्मको हिस्सा बनिसकेकी छन् । उनले पहिलो पटक नेपाली फिल्म ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी छन् । दुई महिना अगाडि यूट्युब रिलिज भएको यो गीतलाई अहिलेसम्म ४० लाखभन्दा बढीको नजर परिसकेको छ । नेपाली ३ करोड बुझेर सन्नीले यो गीत गरेको निर्माण टिमले बताएको छ ।

सन्नी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गते प्रदर्शनमा आउँदैछ । फिल्मको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुँदैछ, जसका लागि भारतबाट अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ ।

फिल्मको प्रिमियरमा सहभागी हुनु पर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्नका लागि महँगो पारिश्रमिक तिरेको थियो । उनी सर्त बमोजिम नेपाल आउने भएपछि फिल्मको प्रिमियरका लागि विशेष तयारी थालिएको छ । यो फिल्ममा उनको आइटम नृत्यसँगै अभिनय पनि रहेको बताइएको छ । फिल्मको अघिकांश छायांकन लण्डनमा भएको हो ।

अनुप विक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, धिरेन शाक्य, विक्रम जोशी, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के. थापा सह-निर्माताको रुपमा रहेका छन् । सौरभ लामाले खिचेको फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।