‘आइएम ट्वान्टी वान’ मा धिरजको हिरोइन जसिता

https://artistnepal.com/

https://artistnepal.com/

"

अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरि दुई फिल्ममा काम गरिसकेकी अभिनेत्री जसिता गुरुङ नयाँ फिल्ममा अनुबन्ध भएकी छन् । ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राईले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘आइएम ट्वान्टी वान’ मा उनको प्रवेश भएको हो । लामो समयदेखि यो फिल्ममा उनी हुने चर्चा थियो ।

निर्देशक वान्तवाका अनुसार, यसअघि जसितासँग मौखिक सहमति भए पनि केही दिन अगाडि मात्र कागजी सम्झौता भएको हो । वर्कसपका लागि जसिता केही दिनमा यूकेबाट नेपाल ओर्लिने उनले बताइन् । फिल्ममा प्रमुख भूमिकामा अनुबन्ध भएका अभिनेता धिरज मगर अहिले नेपालमा नै छन् । उनी यूके रैनाथे हुन् । ‘इन्टु मिन्टु लण्डनमा’ बाट उनले अभिनयमा डेब्यू गरेका थिए ।

धिरज र जसिता पूर्व प्रेम-प्रेमिका रहेको चर्चा फिल्मवृतमा छ । तर, दुबैले यसको खण्डन गरिसकेका छन् । डेब्यू फिल्मबाटै राम्रो सम्भावना देखाएका धिरज र दुई फिल्मबाट राम्रो फ्यान फलोइंग कमाएकी जसिताको जोडी पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।