अभिनेत्री रेखा थापा आफ्नो ३८ औ जन्मदिन मनाउँदै

https://artistnepal.com/

https://artistnepal.com/

"

करीब डेढ दशकदेखि नेपाली फिल्ममा सक्रिय एक समयकी ‘नम्बर वान अभिनेत्री’ रेखा थापाले आज (भाद्र ५ गते बिहीबार) आफ्नो ३८ औ जन्मदिन मनाउँदै छिन् । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी उनी अभिनेत्रीसँगै निर्देशक, निर्माता, संगीतकार, गायिका पनि हुन् । पूर्व पति तथा निर्माता छविराज ओझाको फिल्म ‘हिरो’ बाट अभिनय यात्राको थालनी गरेकी उनको पछिल्लो फिल्म ‘मालिका’ हो ।

कुनै समय नेपाली फिल्मकी उनी निर्विकल्प अभिनेत्री थिइन् । उनलाई लिएपछि फिल्मले बक्सअफिसमा हिटको व्यापार गर्ने विश्वास मेकरमा थियो । तर, पछिल्लो समय उनको चार्म र स्टारडममा कमी आएको छ । नयाँ छिमलका अभिनेत्रीको प्रवेश बाक्लिएसँगै उनको एक दशक लामो राज लगभग तोडिएको छ । एक्सन भूमिकामा निकै रुचाइएकी उनले २ सयको आसपासमा फिल्म गरेकी छन् । उनी अभिनीत प्रायः फिल्म बक्सअफिसमा सफल छन् ।

रेखा अभिनीत ‘मितिनी’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘देवर बाबु’, ‘कस्ले चोर्‍यो मेरो मन’ जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ, जुन फिल्मले व्यापारिक सफलता पनि हासिल गरेका छन् ।