फिल्म ‘च च हुई’ को पहिलो गीत सार्वजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘सिल्की सिल्की बाल’ बोलको गीतमा फिल्मका लिड अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर प्रेमिल मुद्रामा प्रस्तुत छन् । कलाकार भोलाराज सापकोटालाई पनि गीतमा ठुम्का लगाएको देख्न सकिन्छ ।

फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको छ । निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । आर्यन, मिरुना र भोलाराजसँगै यो फिल्ममा पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक स्वयं हुन् ।