टीभी सीरियल क्वीन हिना खानको बलिवडमा इन्ट्री

Written by Artist Sansar

टीभी सीरियल क्वीन हिना खानले फिल्ममा डेब्यु गरेकी छिन् ।

यो फिल्मको छायांकन जुनमै सुरु हुने कुरा थियो । फिल्मको लागि भनेर हिनाले ‘कसौटी जिन्दगीकी २’ बाट ब्रेक पनि लिएकी थिइन् । तर, विभिन्न कारणले फिल्मको छायांकन हुन सकेन । हालै हिनाले फिल्मको छायांकन सुरु भएको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएकी छिन् । उनले लेखेकी छिन्, ‘नयाँ शुरुवात, मलाई शुभकामना दिनुस् । सुरु गरौं विक्रम भट्ट ।’ उनले फिल्मको छायांकन सुरु गरेको जानकारी दिएपनि फिल्मको नाम उल्लेख गरेकी छैनन् ।

About the author

Artist Sansar