निर्माता गोविन्द शाही चलचित्र ‘लिलिबिली’को हिसाब–किताब नदेखाएको आरोपमा पक्राउ

Written by Artist Sansar

चलचित्र वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चलचित्र ‘लिलिबिली’को हिसाब–किताब नदेखाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनी हिजो बुधवार कमलपोखरी नजिकैबाट पक्राउ परेका हुन् । शाहीलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि २ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । पक्राउ परेसँगै प्रहरीले उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत लगेको थियो ।

‘लिलिबिली’का निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले एक वर्षअघि महानगरीय अपराध महाशाखा टेकुमा शाहिविरुद्ध उजुरी दिएका थिए । चलचित्र ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (सेयर) लुकाएको उनिमाथी आरोप छ । उनिहरुले दिएको सोहि उजुरीको आधारमा शाहिलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसो त यसअघि पनि शाहिविरुद्ध विभिन उजुरी पर्दै अएका छन् । उनको यस्तै किसिमको व्यवहारकै कारण निर्माता संघले उपाध्यक्ष पदबाट बर्खास्तसमेत गरिसकेको छ ।

About the author

Artist Sansar