फिल्म ‘मारुनी’ को निर्माण युनिट प्रचार प्रसारका लागी नेपाल टुरमा

Written by ArtistNepal News

काठमाडौं । भदौ १३ बाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’ को प्रचार प्रसारका लागी निर्माण युनिट नेपाल टुरमा हिडेको छ । बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा फिल्मका नायक पुष्प खड्का, नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह, निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शक संग साक्षात्कार गरेका थिए ।

लगभग ३ हजार मानिसको उपस्थिति रहेको कन्सर्टमा पुष्प र साम्राज्ञीले जाम न माया जाम र सक्दिन म बाँच्न गीतमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा स्थानिय मोडलहरुले मारुनीको टि(सर्टमा र्याम्प वाक गरेका थिए । साथमा अन्या थुप्रै प्रस्तुती पनि भएको थियो ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सहभाद्र १३ बाट प्रदर्शनमा आउने फिल्म ’मारुनी’ प्रचार प्रसारका लागी नेपाल टुरमा हिडेको छ । नेपाल टुरको सुरुवात सुनसरीको इटहरीबाट भएको छ ।

बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा फिल्मको मुख्य नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शक संग साक्षातकार गरेका थिए ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।