सुन्दरीजलको चिसो पानीमा निरु निथ्रुक्कै

आर्टिस्ट नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई संचारकर्मी नब ढुङेलले निर्देशन् गरेका हुन् ..[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल

चर्चित गायक अनिल सिंहले गाएको गीत सुन्दरीजलको त्यो चिसो पानीको छायाँकनको क्रममा कलाकार निरु खड्का निथ्रुकै भिजेकी छिन्। भिडियोको एक दृश्यको लागि उनलाई भिजाईएको थियो । टेलिफिल्म मेरी बास्सैकी धुर्मुसकी दिदी अर्थात् निर्मलीको नामबाट चर्चित निरु खड्का हास्य कलाकारको रुपमा परिचित छिन्, तर उनलाई भिडियोमा भने हास्यकलाकारको रुपमा देखिने छैन । निरुलाई रङगकर्मी बादल भट्टको साथमा देख्न सकिन्छ । उनिहरुलाई मोडेल प्रकाश राउत र बिशाखा तिमल्सिनाले साथ दिएका छन ।

गीतलाई प्रबुद्द अर्थशास्त्रीको रुपमा राष्ट्रिय परिचान बनाईसकेका गीतकार डा बद्री पोखरेलले लेखेका हुन । आरोग्य एल्बममा सङ्रहित गीतलाई अनिल सिंह आँफैले संगीत दिएका छन् ।

आर्टिस्ट नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई संचारकर्मी नब ढुङेलले निर्देशन् गरेका हुन् । भिडियो तथा बिज्ञापन निर्देशनमा स्थापित भैसकेका नव ढुङेल आर्टिस्ट नेपाल नेटवर्कका संचालक पनि हुन् । आर्टिस्ट नेपाल नेटवर्क अन्तर्गत आर्टिस्टनेपाल डट कम (मिडिया), आर्टिस्ट नेपाल प्रोडक्सन र आर्टिस्ट तथा बिज्ञापन एजेन्सीको रुपमा संचालित छन् ।

भिडियोलाई अमृत सुनुवारको छायांकनमा माधव बेल्बासेले सम्पादन गर्दैछन । आर्टिस्ट नेपालमा सम्पादन कार्य भईरहेको भिडियोलाई बैशाखको पहिलो हप्ता सार्वजनिक गरिने शक्ती स्‍मृति प्रतिस्ठानका निर्देशक राजेन्द्र लुइटेलले जानकारी गराउनु भयो ।