ईन्गेजमेन्टमा बाधिए नायक रेश मरहट्ठा

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल

नेपाली चलचित्रमा छुट्टै परिचय बनाउन सफल नायक रेश मरहट्ठाले प्रेमिका अश्मी अधिकारीसंग ईन्गेजमेन्ट गरेका छन् । आर्टिस्ट नेपाल डट कमले क्सक्लुसिभ रुपमा कैद गरेको उनको ईन्गेजमेन्टलाई फोटोग्राफर कुबेर तामाङले खिचेका हुन । अत्यन्त प्राईभेट फङसनका बीच होटल हिमालयमा सम्पन्न उनको ईन्गेजमेन्टमा फिल्म क्षेत्रबाट पोष्टप्रोडक्सन हाउस अश्लेशा ईन्टरटेन्मेन्टका चेयरम्यान विश्व गौचन बाहेक अरु फिल्मकर्मीको अनुहार देखिएन ।

२०१५ मा विवाह गर्ने योजनामा रहेका रेश मरहट्ठाको प्रेमिका अश्मीसँग बिगत ४ बर्ष देखी प्रेममा रहेको श्रोत बताउछ । हुनेवाली श्रीमती चर्चित र्‍यापर यमबुद्ध (अनिल अधिकारी) को आफ्नै बहिनी हुन । अस्मी डक्टर बन्ने तयारीमा रहेको बताइन्छ ।

करिब १ दर्जन फिल्म खेलेका रेश आँफैले निर्माण तथा अभिनय गरेको फिल्म “च्यालेन्ज” का निर्माता पनि हुन । बिगत चार बर्ष देखि उक्त फिल्मको निर्माणमै ब्यस्त रहेका रेशलेहलिउड स्तरमा उक्त फिल्मको मेकिङ गरिरहेको बताईएको छ । बुझिए अनुसार रेशले स्वीडेन, लण्डन र अमेरिका गरेर फिल्मको रि सुट गरी फिल्मको बजेट तीन करोड पुर्याएका छन् । उनले यस् चलचित्रको बारेमा भने अहिले सम्म केही पनि सार्वजनिक गरेका छैनन ।