मोडेल एबम गायिका रमिता भण्डारीको नयाँ एल्बम ‘प्ले इट’ सार्वजनिक

आर्टिस्ट नेपाल

हेटौंडामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउने रमिता भण्डारी प्रतिभाशाली युवती हुन्। १५ वर्षकै उमेरमा आफ्नै स्वरमा ‘टिनएज गर्ल’ एल्बम सार्वजनिक गरेकी रमिता त्यसयता मनोरञ्जनका विभिन्न विधामा सक्रिय छिन्। गीतकार, संगीतकार, गायिका हुँदै उनको भूमिका मोडल तथा भिजेसम्म विस्तार भैसकेको छ।

सन् २००२ को ‘मिस नेपाल’ मा सहभागिता जनाउनुअघि नै रमिताले मिस्टर एन्ड मिस हेटौंडा-२००१ मा ‘मिस हेटौंडा’ को उपाधि जितिसकेकी थिइन्। उक्त उपाधि जितेपछि काठमाडौं आएकी रमिताले एउटा प्रतियोगितामा बेस्ट मोडल अफ द नेसनको उपाधिसमेत जितिन्। मिस नेपालमा गरिएको सहभागिताले मोडलिङ तथा व्यक्तित्व विकासमा ठूलो सहयोग पुर्‍याएको अनुभव गरेकी रमिताले त्यसयता दर्जनौं फेसन शोमा क्याटवाक गरेकी छिन् भने एक दर्जनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेकी छिन्। रामकृष्ण ढकाल, दिपेशकिशोर भट्टराई आदिका म्युजिक भिडियोमा अभिनय गरिसकेकी रमिताले इभेन्ट म्यानेजरका रूपमा समेत अनुभव बटुलेकी छिन्।

यो एल्बमको ‘ब्ल्याक हेन्डसम ब्वाइ’ को भिडियोको सफलताले उनलाई गायनमा सक्रिय हुन ऊर्जा मिलेको छ ।’ दोस्रो एल्बम प्ले ईट मा रमिताले पप, र्‍याप, आरएन्डबी आदि शैलीका गीत गाएकी छिन्। नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘देश परदेश’ कार्यक्रममा भिडियो जक्कीका रूपमा समेत काम गरिसकेकी रमिताले १२ बर्ष पछी दोश्रो एल्बम निकालेकी हुन । उनको दोश्रो एल्बममा ६ वटा गीतहरु छन , जसमा शब्द तथा संगीत जन्म राई, ११.३० बसन, र रमिता आफ्नै रहेका छन ।

Categories:


Comments are closed.