सडक बालकको कथा म्युजिक भिडियोमा

Written by Artist Sansar

आर्टिस्ट नेपाल नेटवर्क अन्तर्गतको आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यस् भिडियोको निर्देशन आर्टिस्ट नेपाल डट कमका निर्देशक तथा प्रधान सम्पादक नब ढुङेलले गरेका हुन् ..

आर्टिस्ट नेपाल

पाटन ढोकाको सडकछेउमा एक बेबारिसे बालक फेला पर्छ । आफ्नो दैनिक गुजरा चलाऊनको लागि प्लास्टिक टिप्दै हिंड्ने अर्को एक सडक बालकले उक्त नाबलक शिशुलाई देख्छ । र बेबारिसे अवस्थामा छाड्नु भन्दा मन्दिरमा पूजा गर्न, धर्म गर्न आउने धर्मात्माहरुले नाबलकलाई शरण दिनेछन् भन्ने सोचले उक्त नाबालकलाई कुनै मन्दिरको छेउमा राख्छ । तर कसैले उक्त अबोध बालक प्रति दया देखाउदैनन् । बरु माग्नेको भेषमा देख्दछन् र १ २ रुपैया दिन थाल्छन् । मानिस् बाल्यअवस्थामा मात्र निक्षल हुन्छ । कुनै लोभ या मोह हुन्न । यसैले मायाँ मोह र सहयोगी मानिस् बाल्यअवस्थामा गर्छन् । जब ठुलो हुँदै जान्छ् मानिस् । उसलाई लोभ लालच र स्वार्थले घेर्दछ ।

सडकमा दिन प्रतिदिन बढ्दै गरेका सडक बालक प्रति आधारित् रहेर निर्माण गरिएको म्युजिक भिडियो ‘बाटो’ले अहिले चौतर्फी चर्चा पाईरहेको छ ।आर्टिस्ट नेपाल नेटवर्क अन्तर्गतको आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यस् भिडियोको निर्देशन आर्टिस्ट नेपाल डट कमका निर्देशक तथा प्रधान सम्पादक नब ढुङेलले गरेका हुन् । जसमा सडक बालकको कथालाई अत्यन्तै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ ।

गीतकार शेखर ढुङेलले यस् गीतलाई ५ बर्ष अघीनै लेखेका हुन । र ५ बर्ष अगाडीनै सुशिल विश्वकर्माको संगीतमा सिशिर योगीले गाएका हुन् । यस् बर्ष नेपाल आउँदा उनले सडक बालक झन झन बढीरहेको देखे र यही गीतलाई सडक बालक प्रति समर्पित गर्दै भिडियो बनाउन निर्देशक नब ढुङेललाई आग्रह गरे ।

भिडियोलाई अमृत सुनुवारले खिचेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सिल्फ ईन्टरटेनमेन्ट को स्टुडियोमा पोस्ट प्रोडक्सन गरिएको यस् भिडियोमा सन्दर्भ न्युरे, सौर्या पन्डित, सन्तोष अधिकारी, सन्ध्या गिरी लगायतका कलाकर्मीहरुले अभिनय गरेका छन ।

About the author

Artist Sansar