fbpx

नेपाल आए डान्स इन्डिया डान्सका (डिआइडी) कलाकार

Written by Artist Sansar

डान्स इन्डिया डान्सबाट ख्याति कमाएका कलाकारहरू नृत्य प्रस्तुतिका लागि आज अपरान्ह नेपाल आएका छन्…[+]

आर्टिस्ट नेपाल

डान्स इन्डिया डान्सबाट ख्याति कमाएका कलाकारहरू नृत्य प्रस्तुतिका लागि आज अपरान्ह नेपाल आएका छन्। जिटिभीको रियालिटी सो डान्स इन्डिया डान्समा पर्फम गरेर उत्कृष्ट स्थान बनाएका नेपालीभाषी कलाकार प्रदीप गुरुङ, ओम क्षेत्री, सौम्या राई तथा सुनिल क्षेत्री नेपाल आएका हुन् ।

संयुक्त अपाङ्ग एकता आवास केन्द्रको सहयोगार्थ कस्तूरी भिजन प्रालिको आयोजनामा रामनवमीको अवसर पारेर चैत्र २५ गते मंगलबार आयोजना हुन लागेको कार्यक्रम ‘लेट्स डान्स’का लागि उनिहरु नेपाल आएका हुन् । सानो गौचरनमा सञ्चालन हुने लेट्स डान्समा अन्तर्राष्ट्रिय रूपमा पहिचान बनाएका भारतीय एवं नेपाली कलाकारहरूले आफ्नो उत्कृष्ट नृत्य प्रस्तुत गर्ने नै छन् । प्रस्तुती दिने कलाकारहरु डान्स इन्डिया डान्स (डिआइडी) तेस्रो संस्करणका फस्ट रनर्सअप प्रदीप गुरुङ भारत आसामका बासिन्दा हुन्। उनी सबै प्रकारका नृत्यमा अब्बल मानिन्छन। रियालिटी शोमार्फत प्रतिस्पर्धा गरेर आएका प्रदीप युरोप, अमेरिका आदि विश्वका विभिन्न स्थानमा प्रस्तुति दिन व्यस्त छन्।

यस्तै सौम्या राई डान्स इन्डिया डान्स लिटल मास्टर्समा चौथो स्थानमा आउन सफल कलाकार हुन्। रियालिटी शोका दौरानमा धेरैको मन जित्न सफल सौम्या सोनी च्यानलबाट प्रसारण हुने बुग्गिवुग्गीकी फस्ट रनर्सअप हुन्। शास्त्रीय, आधुनिक, थिमबेस डान्समा सौम्याको प्रदर्शन प्रशंसायोग्य मानिन्छ। सौम्या राँची, झारखण्डकी बासिन्दा हुन्। अत्यन्तै सानो उमेरमा पनि कुशल नृत्य गरेर सबैको मन जितेका ओम क्षेत्री डान्स इन्डिया डान्स लिटल मास्टर्स दोस्रो संस्करणमा फस्ट रनर्सअप भएका थिए। उनको चमत्कारिक नृत्यबाट कार्यक्रमका निर्णायकहरू पनि छक्क पर्थे। अत्यन्तै फुर्तिला ओमको वाकपटुता पनि उत्तिकै लोभलाग्दो छ। सबै प्रकारका नृत्यमा पोख्त ओम पनि आसामका हुन्। त्यस्तै अर्का कार्यक्रमका आकर्षण सुनिल क्षेत्री डिआइडी सिजन फोरमा स्टाइलिस्ट पर्फमरका रूपमा परिचय हुन् ।

कार्यक्रममा दर्शकले शास्त्रीय, आधुनिक, हिपहप, मिक्स, बी बोइङ, लकिङ एन्ड पपिङ, हिट एन्ड मेल्ट, क्रम्पिङ आदि मल्टिपल डान्स स्टाइल हेर्न पाउनेछन्। भर्साटाइल डान्स प्रतिभाका साथमा नेपाली कलाकारहरूको नृत्य एवं गायन पनि समेटिने उक्त कार्यक्रम भोली दिउँसो ४ बजे प्रारम्भ भएर साँझ ९ बजेसम्म सञ्चालन हुनेछ।

About the author

Artist Sansar