गायिका मन्जु महतको निधन

Written by Artist Sansar

2014-03-29 | आर्टिस्ट नेपाल

सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी चर्तिक लोक तथा दोहोरी गायिका मञ्जु महतको निधन भएको छ । महतको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शनिबार अपराहृन निधन भएको हो ।

कास्कीको भरतपोखरी घर भएकी २९ वर्षीया मन्जुको १८ महिने छोरा छन् । एक छोरी भएपछि उनको पहिलो विवाह टुटेको थियो ।

गीत रेकर्डिङका लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा महत सवारी दुर्घटनामा परेकी थिइन् । स्कुट चलाइरहेका उनलाई दुई बटा माइक्रोबसले बिचमा पेचेको थियो । लगतै उनलाई मनमोहन मेमोरियल अस्पताल लगेपनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट ग्राण्डी रिफल भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको उपत्यका समन्वय कमिटीको प्रथम उपाध्यक्ष समेत रहेकी महतले पशुपति शर्मासँग मिलेर गाएको स्रोह दुना आठ बोलको गीत अहिले निकै चर्चामा छ । यसअघि मधुर गिरीसँग मिलेर हिरा मोती झै बोलको गीत गाएकी थिइन् ।

यसैबीच आफन्तले मञ्जुको शव बुझ्न अस्वीकार गरेका छन् । आफन्त र कलाकारहरु अहिले पनि अस्पतालमा छन् । तर, अझैसम्म दुर्घटनामा संलग्न गाडीका धनी आइपुगेका छैनन् ।

About the author

Artist Sansar