श्रृजनाको गीतमा रिमा विश्वकर्मा, यस्तो बन्यो भिडियो

Written by Artist Sansar

गायिका श्रृजना गुरुङको स्वरमा “किन दुख मान्छौं” बोलको गीत सार्वजनिक भएको छ । श्रजनाको स्वर रहेको गीतलाई सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो ।

विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना गुरुङले मधुर स्वर दिएकी हुन् । गीतमा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ । पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् ।

निशान घिमिरेको सम्पादन रहेको “किन दुख मान्छौं” गीत श्रृजना गुरुङको यो पहिलो गीत हो । पत्रकारितासँगै गायनमा लागेकी उनी विस्तारै गायन क्षेत्रमै लाग्ने बताएकी छिन् ।

About the author

Artist Sansar