छायाँछविको सम्मान तथा पुरस्कार घोषणा

Written by Artist Sansar

छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । जसमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
यो बर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड हाँस्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषाललाई प्रदान गर्ने भएको छ । त्यस्तै छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फका) वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जनलाई प्रदान गर्ने भएको छ भने महिला तर्फको मौसमी मल्ललाई प्रदान गर्ने भएको छ । यस्तै यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार श्याम अर्याललाई प्रदान गरिने भएको छ ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार जेष्ठ १० गते राष्ट्रिय सभागृहमा हुने इएनआई डि सिने अवार्ड –०७५का अवसरमा प्रदान गरिने जानकारी गराए ।

नजिकबाट सम्मनित हुने श्रस्टाहरु

basundhara bhusal, narendra maharjan, shyam aryal mausami malla

बसुन्धरा भूषाल (हाँस्य साम्राज्ञी)

२०२२ सालमा निर्मित नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी हाँस्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषालले सिन्दुर, सन्तान, कन्यादान, साथी, चेलिवेटी, राँको, अप्सरा, वेइमानी, माया बैगुनी लगायत १०० भन्दा बढी चलचित्रहरुमा अभिनय गरेकी छिन् । उनले विभिन्न नृत्य, नाटक, गीती नाटक, टेलिश्रृंखला, भिडियो चलचित्र लगायतका धेरै अनुभव बटुलेकी छिन् । भूषालले विभिन्न सामाजिक कार्य गर्दै संघ संस्थामा बस्नुका साथै धेरै सम्मान तथा पुरस्कारहरु पनि पाइसकेकी छिन् ।

नरेन्द्र महर्जन (वितरक, प्रदर्शक एवं निर्माता )

२०४९ सालबाट वितरकको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका नरेन्द्र महर्जन चलचित्र बितरक, प्रदर्शक एवं निर्माता हुन । महर्जनको ओम्याक्स हेटौंडा सहित विभिनन प्रदर्शन भवन संचालनमा छन् भने उनले संरक्षण, लुट, फस्ट लभ, मिसन पैसा रीलोडेड, लुट २, फन्को लगायतका चलचित्र निर्माण गरेका छन् ।

मौसमी मल्ल (अभिनेत्री)

चलचित्र ‘कान्छी’ मा बालकलाकार भएर चलचित्रमा प्रबेश गरेकी उनले नीर शाहको ‘पच्चीस वसन्त’मा सहायक पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । स्वर्गीय दिपक रायमाझीको २०४६ सालमा बनेको चलचित्र ‘भाग्य रेखा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी मौसमीका तिलहरी, भुमरी, देउकी, जन्मभूमी, पृथ्मी, लगायतका सयौं चलचित्र छन् । रंगमञ्चमा समेत प्रस्तुत हुने गरेकी मौसमीले थुप्रै भिडियो फिल्महरु पनि गरेकी छिन् । पछिल्लो चरणमा चलचित्र निर्माणमा समेत मौसमीले हात हालेकी थिइन् ।

श्याम अर्याल (चलचित्र पत्रकार)

चलचित्र पत्रकारितामा बिगत लामो समय देखी निरन्तर सकृय छन श्याम अर्याल । स्याङ्जामा जन्मिएका अर्यालले २०५८ सालमा पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारितामा प्रवेश गरेका हुन् । शुरुमा रेडियो प्रस्तोताका रुपमा प्रवेश गरेका अर्याल यतिखेर इमेज रेडियो तथा टिभीमा कार्यक्रम प्रस्तोता तथा कार्यक्रम निर्माताका रुपमा कार्यरत छन् । उनले केही चलचित्र तथा म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् ।

About the author

Artist Sansar