रुबी राणाले दिईन, फेशन डिजाईनरलाई ट्रेनिङ

Written by Artist Sansar

‘ईन्सिटियुड अफ फेशन डिजाईन-द कृयसन’ मा फेसन डिजाईनिङ अध्ययन गर्दै आएका बिधार्थीहरुलाई प्रथम मिस नेपाल रुबी राणा शाहले मोटिभेसनल ट्रेनिङ दिएकी छिन् । जेष्ठ २५ गते अन्नपूर्ण होटेलमा ईन्सिटियुडले आयोजना गर्ने फेसन शो मा आ-आफ्नो डिजाईन प्रस्तुत गर्ने डिजाईनरहरुलाई उनले ट्रेनिङ दिएकी हुन ।

subi rana speech

आयोजक संस्थाकी अध्यक्ष मनिता थापाले फेशन डिजाईन क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिकरुपमा विकास गर्न आयोजना गर्न लागिएको शो मा झन्डै २ दर्जन मोडेलहरु प्रस्तुत हुने बताईन ।

फेशन डिजाईनिङ सिकाउदै आएको दि कृयसनको यो शो सातौ संस्करण हो । दि कृयसन अन्तर्गत ३ महिने ईन्टेसिभ कोर्स, ६ महिने फाउन्डेसन कोर्स, १ बर्षको प्रोफेसनल कोर्स , २ बर्षको एड्भान्स कोर्स लगायतका उपलब्ध छन ।

the creation rubi rana

About the author

Artist Sansar