मन जित्ने बाचाका साथ उदाईन शान्ता जिसी

गायिका शान्ता जिसीले गाएका आधुनिक गीतहरुको गीति संग्रह ‘बाचा’ लोकार्पण गरिएको छ …..[+]

आर्टिस्ट नेपाल
गायिका शान्ता जिसीले गाएका आधुनिक गीतहरुको गीति संग्रह ‘बाचा’ लोकार्पण गरिएको छ । संगीतकार शक्ति बल्लभ, गीतकार डा.कृष्णहरी बराल, संगीतकार सन्तोष श्रेष्ठसहितको समुहले सात वटा गीतहरु संग्रहित एल्बम सार्वजनिक गरेको हो ।
समारोहमा गीतकार डा.कृष्णहरी बरालले गायिका शान्ता जिसीको गायन प्रतिभाको प्रसंसा गरेका थिए । प्रमुख अतिथी संगीतकार शक्ति बल्लभले नेपाली सांगीतिक क्षेत्रमा सुगम संगीतले पाएको लोकप्रियताको प्रसंसा गर्दै ‘बाचा’ एल्बममा समावेश गीतले स्रोताको मन जित्ने आशा व्यक्त गरे । समारोहमा गायिका जिसीले विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहे पनि गीति एल्बम तयार पार्न समय लागेको स्पष्ट पारिन् ।

shanta jc bacha release

 

गायिका जिसीले बुटबलको बागेश्वरी संगीतालयबाट संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेकी हुन् । ‘बाचा’ एल्बमलाई बागेश्वरी संगीतालयले नै प्रस्तुत गरेको हो । एल्बमका केही गीतमा गायिका जिसीका सांगीतिक गुरु सुरेश सेन्चुरीको शब्द तथा संगीत पनि सुन्न सकिन्छ।