बालबालिकाको पीडामा चलचित्र चकलेट, मंसिर १८ मा

हास्य अभिनेताका रुपमा चर्चित निर्मल शर्मा यस् चलचित्रका निर्देशक हुन । हङकङमा प्रदर्शनहुदाँ मनछुने चलचित्र बनेको प्रतिक्रिया पाएको थियो …[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल
आगामी मंसिर १८ गते देखि नेपालमा सार्वजनिक प्रदर्शनमा आउने चकलेटको हङकङमा प्रदर्शन हुदाँ मन छुने चलचित्र बनेको सकारात्मक प्रतिक्रिया पाएको थियो । अर्थात भनौ, चकलेटलाई दर्शकले चकलेटको स्वादमा लिएका थिए ।

नायिका पुजना प्रधानको प्रस्तुतीमा तयार भएको चलचित्र ‘चकलेट’मा पूजना प्रधान, आयुष्मान घिमिरे, सुमन गैरे, नम्रता झा लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रले सडक बालबालिकाको कथालाई उठान गरेको छ ।

हास्य अभिनेताका रुपमा चर्चित निर्मल शर्मा यस् चलचित्रका निर्देशक हुन । निर्देशक शर्मा चलचित्र ‘चकलेट’ सामाजिक कथावस्तुमा निर्माण भएको बताउछन ।
चलचित्रमा पूजना प्रधान, खुशी गुरुङ, प्रितीमाया गुरुङ, केशव तामाङको लगानी छ ।