सन्जिबको गीत ‘देखेर तिमीलाई’ मार्फत फोटोग्राफर कमल श्रेष्ठ निर्देशनमा,

नेपालका चर्चित ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठ पनि निर्देशनमा होमिएका छन । २ दसक भन्दा बढी समय नेपाली तथा विदेशी मोडल तथा अभिनेत्रीहरुको फोटो सेसन गरिसकेका कमलले डब्लु.डि.एन.वाई सन्जिबको गीत ‘देखेर तिमीलाई’ मार्फत निर्देशनमा पाईला टेकेका हुन । फोटोग्राफीसँग सँगै ग्राफिक डिजाईनमा अब्बल कमलले यस् भिडियोमा छायांकन तथा सम्पादन पनि आँफैले गरेका छन ।

प्रस्तुत ‘देखेर तिमीलाई’ बोलको गीतमा गायक सन्जिबको शब्दमा कमल थापाको संगीत छ । सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका क्षणलाई गीतमा प्रस्तुत गरिएको छ। भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ। हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेकि छन् ।

यस् अघी फोटोग्राफर कमलले अड्रियन प्रधान, सबिन राई, बबिन प्रधान, सत्यकला राई, वृन्दा सिंह लगायतका थुप्रै गायक गायिकाको म्युजिक भिडियो छायांकन भने गरिसकेका छन् ।