टर्कीको इस्तानबुलमा ‘लिलिबिली’ को ‘हावा सरी’ यस्तो बन्यो भिडियो

https://artistnepal.com/

https://artistnepal.com/

"

चैत्र ३० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘लिलिबिली’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘हावा सरी’ बोलको गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की फिचरिङ छन् ।

गीत टर्कीको इस्तानबुलमा खिचिएको चलचित्रको भिडियोमा त्यहाँका सुन्दरताले सबैलाई मोहित पार्नसक्छ । प्रेमभाव समेटिएको गीतलाई सुदिप बरालले खिचेका हुन भने चलचित्रको गीतमा स्वर एसडी योगी र मेनुका पौडेलको छ । पत्रकार दिपेन्द्र घिमिरेको शब्दमा गायक योगीले नै संगीत भरेका हुन ।

lily bily - pradeep khadka and priyanka karki 2

चलचित्रको यस् भिडियोलाई कविराज गहतराजले कोरियोग्रोफी गरेका छन् । मिलन चाम्स निर्देशित यो चलचित्रमा जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको ‘लिलिबिली’ मा गोविन्द शाही र सुदिप खड्काको लगानी छ ।

lily bily - pradeep khadka and priyanka karki

चलचित्र स्कटल्याण्ड, नेपाल र लन्डनमा छायांकन गरिएको हो ।