कारागारबाटै आयो बालकृष्ण ढुंगेलको ‘खाली खुट्टे’

https://artistnepal.com/

https://artistnepal.com/

"

माओवादी नेता एवं पूर्वसभासद बालकृष्ण ढुंगेलको ‘खाली खुट्टे’ गीति एल्बम बिहीबार राजधानीमा सावर्जनिक भएको छ । हाल कारागारमा रहेका बालकृष्ण ढुङगेलले कारागार समयमा लेखेका ७ वटा गीत समावेश भएको गीती एल्बमलाई राष्ट्रिय गीतका रचीयता व्याकुल माइला, माओवादी नेता तथा पूर्व सुचना तथा संचार मन्त्री राम कार्की र शहिद रीतबहादुर खड्काकी आमा मनमाया खड्का, छोरी बिनिता ढुंगेल र लेखक युग पाठकले विमोचन गरेका थिए ।

khali_khuty_balkrishna dhungel

कार्यक्रममा राष्ट्रिय गानका रचयिता ब्याकुल माइलाले अहिले बाहिर आएजस्तै बालकृष्ण ढुंगेल नभएको र परिवर्तन तथा क्रान्तिमार्फत समाज रुपान्तरणमा हिँडेको व्यक्ति रहेको बताए । नेता राम कार्कीले ‘जेलमा एक जना बालकृष्ण ढुङ्गेल मात्र होइन पुरा आन्दोलन नै छ । यसबाट थाहा हुन्छ नेपाली राज्य सत्ताको चरित्र कस्तो छ भनेर र अहिलेको सरकार जसको आएपनि खुसी हुने अवस्था नभएको बताए । लेखक युग पाठकले बालकृष्णलाई जालसाजी गरेर फसाइएको दाबी गरे । कार्यक्रममा बालकृष्णकी छोरी विनिता ढुंगेलले बुवालाई अनेक जालसाजी गरेर फसाइएको बताईन । उनले गणतन्त्रका लागि लडेका आफ्ना बुवाले सम्मान पाउनुको सट्टा जेलमा कोचिनु दुःखद् घटना भएको र मानव अधिकारका कुरा गर्नेले हाम्रो मानव अधिकारका बारेमा एक शब्द पनि नबोलेको बताईन ।

चेतन सापकोटाले संगीत दिएको एल्बममा गायक रामचन्द्र काफ्ले, शिव परियार, दिपक लिम्बू, गायिका अन्जु पन्त र चेतन सापकोटाले स्वर दिएका छन् ।