संजिब सिंहको मुग्लान सार्बजनिक

Written by Artist Sansar

2011-07-09
चुलेसिमा बोलको गितबाट नेपाली साँगितिक आकाशमा धेरै तहल्का मच्चाएका गाएक संजिब सिंहको पछिल्लो समयको त्यस्तै दमदार साँगितिक कोशेली ‘मुग्लान’ राईज म्युजिक मार्फत् सार्बजनिक भएको छ ।

दरबारमार्ग स्थित आई क्लबमा पत्रकार कृष्ण भट्टराई, संगितकर्मी केशव सुनाम्, ईभेन्ट म्यानेजमेन्ट तथा राइज म्युजिकका संचालक बिनोद सिंह,आई क्लबका संचालक स्टालियन् शेचरण,सिटिभि मोबाईलका म्यानेजर संगम राई,गायक तथा संगितकार नबिन के भट्टराई,गाएक तथा संगितकार सुनिल बर्देबाले संयुक्त रुपमा सार्बजनिक गरेका हुन् ।

४ बर्षको अन्तरालमा मुग्लान लिएर आएका संजिब नेपाली सांगितिक क्षेत्रको बजार खस्किएपछि समर्पित एबं स्थापित भैसकेका संगितकर्मीहरु पलाएन भैरहेकै बेला उनिपनि मुग्लान पसेका थिए ।

नेपाली साँगितिक यात्रामा १० बर्ष पारगरिसकेका संजिब सिंहले आकासबाट (सन २००१), सोअल (सन २००४), सेलेक्टेड संजिब(२००५), बेस्ट आफ संजिब सिंह(२००६), अल्वेज(२००७) गरि पाँचओटा एल्बम निकालिसकेका छन् भने थुप्रै कलेक्सन एल्बममा पनि गायक र संगितकारको रुपमा आफुँलाई एउटा राम्रो गायक तथा संगितकारको रुपमा स्थापित गराईसकेका छन् ।

आठ ओटा गित संग्रहित “मुग्लान’ एल्बममा टाईटल गित मुग्लान(सिआरविटी ०१४०००६६१३), बोलिदेउ केहि (सिआरविटी ०१४०००६६१४), सुबास तिम्रो (सिआरविटी ०१४०००६६१५), रात बिन्तिसपना (सिआरविटी ०१४०००६६१६), के भो र (सिआरविटी ०१४०००६६१७), सुन मायाँ (सिआरविटी ०१४०००६६१८), आउने भए आउ(सिआरविटी ०१४०००६६१९), र आउदैछु म तिमिलाई (सिआरविटी ०१४०००६६२०), रहेका छन् । उक्त एल्बमका केहि गित उनले लण्डनको लन्डन स्टुडियोमा समेत रेकर्ड गराएका छन् ।

समारोहमा टाईटल गित ‘मुग्लान’ र सुबास तिम्रोको भिडियो सार्बजनिक गरिएको थियो । मुग्लान गित को भिडियो गायक नरेन लिम्बुले निर्देशन गरेका हुन भने सुबास तिम्रो बोलको गितको भिडियो संजिबले लण्डनमै तयार परेका थिए ।

About the author

Artist Sansar