ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यले धर्मपत्नी स्व. मीरा आचार्य आफनो प्रगतिको एउटा पाटो भएकी बताएका छन्।
मीराको निधनको चोटमा आफूलाई सहानुभूति र समवेदना प्रकट गर्नेहरूप्रति धन्यवाद दिन उनको १३औं दिनको पुण्यतिथिमा विज्ञप्ति प्रकाशित गर्दै हरिवंशले भनेका छन्-सँचारकर्मी,ममतामयी, मेरो प्रगतिको अर्को पाटो मेरी जीवनसाथी श्रीमती मीरा आचार्यको मस्तिष्क पक्षघात भई चिकित्सकहरूले अथक प्रयास गर्दागर्दै निधन भयो।’ विज्ञप्तिमा उनले लेखेका छन्-हामीलाई यति ठूलो चोट पर्दा देश-विदेशमा रहने सम्पूर्ण नेपालीले व्यक्त गर्नुभएको समवेदना र सहानुभूति प्रति मेरा छोरा त्रिलोक आचार्य, मोहित आचार्य र मेरा तर्फाट आभार व्यक्त गर्दछु।
पत्नीशोकले भावबिहल उनले अगाडि लेखेका छन्- देशका लागि केही परोपकारी काम गर्न सके मेरी दिवंगत श्रीमतीप्रति साँचो श्रद्धाञ्जली हुने ठानी लोकहितको काम गर्ने कोसिस गरी नै रहनेछु।’
हरिवंशका अनुसार मीराको निधनपछि उनको आँखादान गरिएको छ। उनी नभए पनि उनको आँखाको नानीले आँखा नदेख्ने दुइ व्यक्तिलाई संसार देख्न सहयोग गर्न थालेको छ’ -आचार्यले विज्ञप्तिमा भनेका छन्।