प्रबीण,मोक्ष अनि सक्षम नेपाल

Written by Artist Sansar

एक सफल गायक तथा संगीतकार तथा म्युजिक भिडियोको दुनियामा सफल एडिटर एबं निर्देशकको रुपमा सुपरिचित प्रबिण श्रेष्ठले केहि साथीहरु संग मिलेर ‘सक्षम नेपाल’ नामक संस्थापनि संचालनमा ल्याएका छन् ।

गत बिहिंबार दरबारमार्ग स्थित आईक्लबमा राईज म्युजिकको २ एल्बमको रिलिजको समयमा अधोसित रुपमा सक्षम नेपालको कुरा आएको थियो । साथै उक्त कार्यक्रममा संस्थाको लागि गायक संजिव सिंहले रु. ५००० आर्थिक सहयोगको सुरुवात् पछि राईज म्युजिकका संचालक बिनोद सिंह, फेडरिक ब्याण्ड ,रेडियोकर्मी सुशील नेपाल, सङ्गम राई ,लगायत एक दर्जन भन्दा बढि आमन्त्रित पाहुनाहरुले प्रबिण श्रेष्ठको अभियानको सफलताको कामना सहित सहयोग गरेका थिए ।’सक्षम नेपाल’२०६७ सालमा स्थापना भएको एक गैरसरकारी संस्था हो।

प्रबिण श्रेष्ठ,तन्त्र ब्याण्ड अनि मोक्ष प्रोडक्सन

२०५० साल देखि सांगीतिक यात्राको थालनी गरेका प्रबिणले तन्त्र ब्याण्ड मार्फत ‘एक’ एल्बम २०५८ सालमा सार्बजनिक गरेका थिए । हाल उक्त ब्याण्डका मेम्बरहरु प्राय: बिदेशमा भएकाले नयाँ एल्बम सार्बजनिक गर्न नसकिए पनि उनि राईज म्युजिक मार्फत नयाँ शोलो एल्बमको अन्तिम तयारीमा लागेका छन् । उनको संगीतमा संजिव सिंह, उदेश श्रेष्ठ, दिपेश किशोर भट्टराई, जोहेब मानन्धर लगायतका चल्तीका गायकले आवाज दिइसकेका छन् ।

बिगत १० बर्षदेखि केहि साथीहरुसंग मिलि ‘मोक्ष प्रोडक्सन’ को पनि स्थापना गरेका प्रबिणले हालसम्म ४०० भन्दा बढी भिडियो एडिटिङ्ग गरिसकेका छन् । २०६७ सालको इमेज च्यानलको ‘बेस्ट म्युजिक भिडियो एडिटर एवार्ड’ समेत हात पारेका प्रबिणले प्राय म्युजिक कम्पनिहरु संग काम गरिसकेका छन् ।

प्रबिण श्रेष्ठ, स्पाइनल कर्ड इन्जुरी र सक्षम नेपाल

महाराजगंज चक्रपथमा २०५४ असोज १८ गते सांगितिक प्रस्तुतिको क्रममा केहि उत्शृङ्खल युबाहरुको जमातले सांघातिक आक्रमणमा प्रबिणलाई स्पाइनल कर्ड इन्जुरी भएको थियो । बिगत १४ बर्षदेखि व्हीलचेअरको साहराबाटनै भिडियो निर्देशन, एडीटिंग, र संगीतमा राम्रो छाप छाड्न सफल उनले आफुँ जस्तै स्पाइनल कर्ड इन्जुरी भएका हरुलाई सक्षम बनाउनको लागि ‘सक्षम नेपाल ‘ नामक संस्थाको स्थापना गरेको आर्टिस्ट नेपाललाई बताएका छन् ।
२०६७ सालमा स्थापना गरिएको सक्षम नेपाल नामक संस्थामा सारीरिक रुपमा स्पाइनल कर्ड इन्जुरीबाट असक्त भएका हरुलाई व्यवशायिक तालिम दिएर उनीहरुलाई होस्टेलको ब्यबस्था सहित निशुल्क खाने-बस्ने ब्यबस्था सहित व्यवशायिक तालिम दिएर स्वावलम्बी बनाउन स्थापना गरिएको संस्था हो । केहि विदेश मा रहेका उनका सुभ – चिन्तक हरुलेपनि अभियानमा साथ दिन सुभकामना सहित संस्थालाई आर्थिक सहयोग गरेका छन् ।

‘सक्षम नेपाल’ संस्थाको लागि आर्थिक सहयोग गर्न इच्छुक महानुभाबहरुले उनको मोबाइल नम्बर ९८१३०५६९८३ तथाprabeen_mokshya@yahoo.com ईमेल मार्फत सम्पर्क गर्न सकिने छ ।

About the author

Artist Sansar