देशलाई मायाँ गर्ने हरेक नेपालीको लागि गायक सविनको “नेपाल जिन्दाबाद” ( भिडियो सहित)

गायक सविन लामाले राष्ट्रियता सम्बन्धित गीतको भिडियो सार्वजनिक गरेका छन …. [+]

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल संबाददाता
नेपाली संगीतमा आफ्नो छुट्टै परिचय बनाउन संघर्षरत गायक सविन लामाले राष्ट्रियता सम्बन्धित गीतको भिडियो सार्वजनिक गरेका छन । धादिङ महादेवबेसीमा जन्मिएका गायक सविनले आफ्नो नयाँ म्युजिक भिडियोमा आफ्नो देशप्रेमलाई प्रस्तुत गरेका हुन । ‘नेपाल जिन्दाबाद…’ बोलको गीतलाई उनलाई शब्द तथा संगीतमा सम्भोज मल्लले साथ दिएका छन । मोहित मुनालको एरेन्ज रहेको गीतको भिडियोलाई सुमन लामाले निर्देशन गरेका हुन् । अभिसेक श्रेष्ठ र रितेस श्रेष्ठको छायाँकन रहेको भिडियोमा बिभिन्न कलाकारहरु लाई राष्ट्रियता झल्कने पोशाकमा प्रस्तुत गरिएको छ भने बिभिन्न साँस्कृतिक पर्बहरुलाई पनि कलात्मक ढंगबाट देखाईएको छ । गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन । गायक सविन लामा नेपाली संगीतलाई माया गर्ने दर्शक श्रोताको लागि केही समय पछी आफ्नो नयाँ कोशेली पनि दिने तयारीमा रहेको बताएका छन ।
हेरौ उनको राष्ट्रियता सम्बन्धी गीत – नेपाल जिन्दाबाद