पत्रकार र कलाकर्मी सम्मानित

राजधानीमा रेस्पोन्सिभ मिडिया प्रा.लि.ले पत्रकार,गायक,गायीका तथा नायिकालाई सम्मान गरेको छ…. [+]

राजधानीमा रेस्पोन्सिभ मिडिया प्रा.लि.ले पत्रकार,गायक,गायीका तथा नायिकालाई सम्मान गरेको छ। नेपाली सञ्चार क्षेत्रमा रहेर सत्य, तथ्य सुचना, समाचार र मनोरञ्जन सम्प्रेषण गरेर देश र समाजलाई पुर्याएको योगदानको कदर गर्दै पत्रकार राजेन्द्र लुईटेललाई “मूलधार पत्रकारिता सम्मान”, रेडियोकर्मी चन्द्रमणि गौतमलाई “रेस्पोन्सिभ रेडियो पत्रकारिता सम्मान”, कला क्षेत्रको माध्यमबाट कला क्षेत्रको विकास, विस्तार र श्रीबृद्धिमा पुर्याएको योगदानको सम्मान गर्दै नायिका जान्वी बोहरालाई “रंगीनसंसार कला सम्मान”, नेपाली संगीतको क्षेत्रमा रहेर यसको विकास, विस्तार र श्रीबृद्धिमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै गायक रामकृष्ण श्रेष्ठ र गायिका सिर्जना कार्कीलाई “राष्ट्रपुकार संगीत सम्मान”द्धारा वरिष्ठ लोक गायक बमबहादुर कार्की र न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष, पत्रकार महासंघका पूर्वमहासचिव तथा हाल केन्द्रीय सल्लाकार पोषण केसीले सम्मान गर्नु भएको छ।

Ram krishna shrestha copy

कार्यक्रममा सञ्चारकर्मी कुशल खत्रीको पहिलो प्रस्तुति लोक दोहोरी गीत “हरेक पलमा” र भिम आलेको दोस्रो प्रस्तुति लोक दोहोरी गीत “फुल्लै फुल्यो डालि नुगेन” एल्बमको विमोचन समेत गरिएको थियो। हरेक पलमा स्वर शिशिर भुसाल र मुना थापा, लय शिशिर शब्द संगम महत रहेको छ। यस गीतको भिडियो समेत निर्माण भएको छ। जसमा अभिनय कुशल खत्री र रक्षा पौडेल(निलम)को रहेको छ। त्यसैगरी फुल्लै फुल्यो डालि नुगेन गीतमा स्वर- बिमलराज क्षेत्री र रितु थापा, शब्द सुर्यकुमार क्षेत्री, लय बिमलराज क्षेत्रीको रहेको छ। यस गीतको भिडियोमा अभिनय भिम आले, मञ्जिता केसी र गोपाल केसीको रहेको छ। दुवै गीतको म्युजिक भिडियो निर्देशन कुमार केसी र छायांकन हरिनारायण चौधरीको रहेको छ। गीतको उत्पादन तथा बजार ब्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि.ले गरेको छ।

Samman pro copy
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ लोक गायक बमबहादुर कार्कीले नेपाली गीतसंगीतमा बिकृति नल्याउन नयाँ पुस्तालाई आग्रह गर्नु भयो। पहिले गीत गाउन धेरै गाह्रो भएको तर अहिले भने सजिलो भएको बताउनु भयो । विशेष अतिथि पत्रकार पोषण केसीले कलाकार, पत्रकार एक अर्काको परिपुरक भएको दुवै मिलेर मात्र गीतसंगीतको विकास हुने बताउनु भयो। कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक मनोज थापाले नेपाली कला क्षेत्रमा राम्रो र्सिजना र प्रतिभालाई अगाडी ल्याउन कम्पनि निरन्तर लाग्ने बताउनु भयो। उक्त कार्यक्रममा कम्पनिका निर्देशक तथा हरेक पलमाका प्रस्तुतकर्ता तथा अभिनेता कुशल खत्रीले सबैलाई राम्रा र्सिजनालाई माया गरिदन अनुरोध गर्दै भविष्यमा अझ राम्रा र्सिजना दर्शक र श्रोता माझ ल्याउने बताउनु भयो। बिमाचन कार्यक्रमा गायक विमलराज क्षेत्र र शिशिर भुसालले गीत गाउनु भएको थियो। बिमोचन भएको गीतको उत्पादन तथा बजार ब्यवस्थापन रेस्पोन्सिभ मिडियाले गरेको छ। कार्यक्रममा गायक बिमलराज क्षेत्री, संगम महत, मञ्जिता केसी, रक्षा पौडेल(निलम), शिशिर भुसाल, भिम आले, हरिनारायण चौधरी, गोपाल केसीलाई मायाको चिनो प्रदान गरिएको थियो।

Srijana copy

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।