चर्चित कलाकारहरुको साथमा होली फेस्टको आयोजना हुने

डे आउट ट्राभल्स एण्ड टुर प्रालि’को आयोजनामा “होली फेस्ट २०७२” म्युजिकल कन्सर्टको आयोजना हुने भएको छ

https://artistnepal.com/

https://artistnepal.com/

"

काठमाडौं
होलीको रमझममा रमाउन चाहनेको लागि फागु पुर्णिमाको अवसरमा ‘डे आउट ट्राभल्स एण्ड टुर प्रालि’को आयोजनामा “होली फेस्ट २०७२” म्युजिकल कन्सर्टको आयोजना हुने भएको छ । उक्त कार्यक्रममा अहिलेका लोकप्रिय पप गायक सुगम पोखरेल, ग्रिस खतिवडाले होली सेलिब्रेट संगै प्रस्तुती दिनेछन । उपस्थितलाई डिजे सिशिर र डिजे पुनितले नचाउने आयोजकले जनाएको छ ।

बाजेको सेकुवा बत्तिसपुतलीमा हुन लागेको उक्त कार्यक्रम बिहान बजे ९ बजे देखी बेलुका ४ बजे सम्म चल्ने छ । १० वर्ष मुनिका बालकालिकालाई निशुल्क प्रवेश रहेको कार्यक्रम पूर्णरुपमा पारिवारिक रहने आयोजकले बताएको छ । कार्यक्रममा चर्चित कलाकारसँग होली खेल्न पाइने छ । कार्यक्रमको सहयात्रीहरुमा आर्टिस्टनेपाल डट कम , मुलधार साप्ताहिक, ग्ल्यामरनेपाल डट कम, राष्ट्रपुकार डट कम, ईपर्दा डट कम, रंगीनसंसार डट कम रहेका छन् । कार्यक्रमलाई स्काई टेलिभिजन र मेरो एफएमबाट लाईभ प्रशारण हुने आयोजक संस्थाले जनाएको छ ।