लोकगायक तीर्थबहादुर गन्धर्वको निधन

Written by Artist Sansar

2013-09 | आर्टिस्ट नेपाल

वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको ६० वर्षको उमेरमा निधन भएको छ । विहीबार बन्दको दिन अचानक सास फेर्न कठिन भएपछि उहा आँफै हिंडेर ब्लडप्रेसर जाच गरेर

आउनु भएको थियो । स्वास्थ्यमा झन खरावी आएपछि मिनभवनस्थित निजामति अस्पताल भर्ना गरिएका गन्धर्वलाई राति नै छाउनी लगिएको थियो । राती दुईबजे सैनिक अस्पताल छाउनी काठमाडौंमा उहाँको निधन भएको उहाँको छोराले आर्टिस्टनेपाललाई जानकारी दिनुभयो । तीर्थबहादुर उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।

विक्रम संवत २०१० सालमा तनहुँ चोकचिसापानीमा जन्मनुभएका तीर्थबहादुरले ३२ वर्षसम्म रेडियो नेपालमा गायन तथा वाद्यवादनको काम गर्नुभएको थियो । उहाँका बल्ल पर्‍यो निरमाया माकुरी जालैमा, तिमीलाई टाढा मलाई नि टाढा ।।।।, सत्य घटना ।, गाउँ भरी हल्ली र खल्ली ,, .. लगायतका गीत निकै चर्चित छन् । उहाँले झण्डै डेढसय गीत गाउनुभएको छ । बाबुबाजेले गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा तीर्थबहादुर सानै उमेरदेखि गीत गाउन गाउँघर डुल्ने गर्नुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरलाई केहीबेरपछि प्रज्ञा भवन कमलादीमा श्रद्धाञ्जलीका लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने परिवारजनले आर्टिस्ट नेपाललाई जानकारी गराएको छ । उहाको निधनले नेपालको लोक संगीत क्षेत्रलाई नोकसानी पुगेको छ। वहाँको आत्माको चीर शान्तीको कामना।

About the author

Artist Sansar