पाटनमा सुर सुधाको ऐतिहासिक कन्सर्ट हुने

आर्टिस्ट नेपाल

नेपाली संगीतप्रेमीहरुका लागि “सुर सुधा” कुनै नौलो होइन । “सुर सुधा ब्याण्ड” संगीतप्रेमीहरुको मन र मस्तिष्कमा झुण्डिएको छ । दसैं-तिहार , लगायत बिभिन चाडपर्ब तथा लोकलयको साङितिक् धुनबाट चर्चित नेपालको प्रसिद्द ब्याण्ड “सुर सुधा”ले फुलपातीको अघिल्लो दिन अर्थात असोज २४ गते एक ऐतिहासिक कन्सर्टमा प्रस्तुती दिने भएको छ । पाटन दरबार स्क्वायरको डबलीमा साँझ ५ बजे देखी सुरुहुने कार्यक्रममा सुर सुधा ब्याण्डले आफ्ना प्रसिद्द धुनहरु प्र्स्तुत गर्नेछन ।

लाईम लाईट ईभेन्टले आयोजना गर्न लागेको उक्त भब्य सब्य साङितिक कार्यक्रमलाई आर्टिस्ट नेपाल नेटवर्कले पनि साथ दिएको छ । हजारौ दर्शकको अपेक्षा गरिएको उक्त कार्यक्रममा सुरक्षा ब्यबस्था सहित उत्कृष्ट संगीतमा दर्शकहरुले मनोरन्जन लिनसक्ने आयोजकले आशा लिएको छ ।

२०११मा नेपाल ट्युरिजम बोर्डको म्युजिकल ब्रान्ड एमेस्डर,विश्वका बिभिन्न मुलुकमा २५०० भन्दा धेरै कुशल साङितिक प्रस्तुती पस्कीसकेका सुरसुधा ब्याण्डको यो धेरै पछीको काठमाण्डौँमा हुन लागेको हो । बिशेष गरी तबला, फ्ल्युट (बासुरी) र सितार को फ्युजनमा प्रस्तुती दिने यस् ब्याण्डले बिभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय एवार्डबाट सम्मानित भईसकेका छन् ।

About the author

Artist Sansar